भारतका कलाकारले बालुवामा बनाए सुशील कोइरालाको प्रतिमा
SHARE THIS POST :

मुम्बई । नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई श्रद्धाञ्जली दिन भारतको उडिसाका चर्चित कलाकार सुदर्शन पट्टनायकले बालुवामा उनको प्रतिमा बनाएका छन् ।

यसअघि भारतका पूर्व राष्ट्रपति अब्दुल जे क्लामको सम्मानमा यस्तै प्रतिमा बनाएका सुदर्शनले उडिसाको पुरी बीचमा कोइरालाको सम्मानमा उनको प्रतिमा बनाएका हुन् ।

आफूले बनाएको प्रतिमाको तस्बिर ट्वीटरबाट सार्वजनिक गर्दै उनले भनेका छन्- ‘यो तस्वीर नेपालका पूर्व प्रधानमन्त्री सुशील कोइरालाको सम्मानमा कोरेको हुँ ।’

कांग्रेस सभापति कोइरालाको सोमबार राति निधन भएको थियो ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.