दाङ, एकीकृत नेकपा (माओवादी)ले क्रान्तिलाई धोका दिएको भन्दै एकीकृत नेकपा (माओवादी)का पूर्व पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओलीले नयाँ पार्टी घोषणा गर्नुभएको छ ।
आज घोराहीमा पत्रकार सम्मेलन गरेर यस अगाडि एमाओवादीबाट परित्याग गरी अलग हुनु भएका नेता ओलीले नयाँ कम्युनिस्ट पार्टी कम्युनिस्ट न्युक्लियस केन्द्र नेपालको घोषणा गर्नुभएको हो ।
क्रान्तिलाई पूरा नगरी एमाओवादीले धोका दिएपछि क्रान्तिकारी शक्तिको नेतृत्व गर्न आफूले नयाँ पार्टी घोषणा गर्नुपरेको उहाँले बताउनुभयो । कम्युनिस्ट क्रान्तिकारीको धुर्वीकरण आवश्यक रहेको भन्दै उहाँले आफू नेतृत्व नयाँ पार्टीले क्रान्तिको नेतृत्व गर्न सक्ने दाबी गर्नुभयो ।
नेता ओलीको अध्यक्षतामा दुई सदस्यपछि थप्ने गरी ११ सदस्यीय पार्टीको केन्द्रीय कमिटी गठन गरिएको छ । नवगठित पार्टीको केन्द्रीय कमिटीमा विकास शर्मा, डा ऋषिराज बराल, रमेश पुन, विमर्श शर्मा, शेरकुमार खड्का, मनप्रसाद श्रेष्ठ, तीर्थ वली र धनबहादुर वली रहनुभएको छ ।
एमाओवादी नेता, पूर्व जनमुक्ति सेनाका कमाण्डरको हालै दाङमा सम्पन्न भेलाले नयाँ पार्टीको निर्माण गरेको हो । पार्टीलाई छिट्टै विस्तार गरेर अघि बढाइने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । रासस

माघ ४, २०७२- पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता रामशरण महत सोमबार बिहान लन्डन आइपुगेका छन् ।
बेलायती लोकप्रिय आर्थिक दैनिक फाइनान्सियल टाइम्सको सह प्रकाशन द बैंकरले प्रदान गर्न लागेको उत्कृष्ट अर्थमन्त्री अर्थात ‘ग्लोवल एण्ड एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ द इयर ०१६ अवार्ड’ लिन उनी यहां आएका हुन् ।
महतलाई स्वागत गर्न कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, एनआरएनए युरोप संयोजक कुल आचार्य, नेपाली जनसम्पर्क समिति, बेलायतका सभापति लोक गुरुङ, सल्लाहकार विश्व आदर्श पण्डित लगायत हिथ्रो विमानस्थल पुगेका थिए ।
बैंकरले उनलाई विनाशकारी भूकम्पपछि उद्दार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहायता जुटाउन महत्वपूर्ण योगदान गरेकामा सम्मान गरिएको जनाएको छ ।
भूकम्प लगत्तै महत अर्थमन्त्रीका हैसियतमा एसियाली विकास बैंकको वार्षिक बैठक, अजरबैजान गएपछि गत जुन २५ मा नेपालको पुनर्निर्माण सम्मेलन आयोजना गर्न सम्भव भएको बैंकरको बुझाइ छ ।
उक्त सम्मेलनमा चार दशमलव एक बिलियन डलर सहयोगको प्रतिवद्धता आएको थियो । तर, नेपालमै र सामाजिक सञ्जालतिर महतलाई उत्कृष्ट अर्थमन्त्री बनाइएकामा व्यापक आलोचना समेत भएको थियो ।
महतसँग नेपाली जनसम्पर्क समिति, बेलायत र गैर आवासीय नेपाली संघ, बेलायतले क्रमश: मंगलबार र बुधवार अन्तरक्रिया कार्यक्रम राखेका छन् ।
प्रकाशित: माघ ४, २०७२

पुस २८, २०७२- तीन दल र आन्दोलनरत मधेसी मोर्चाको कार्यदल बैठक सोमबार बस्न सकेन । अपराह्न २ बजे सिंहदरबारमा बस्ने भनिएको बैठक सत्तारूढ एमालेका सदस्य उपप्रधानमन्त्री भीम रावलको ‘व्यस्तता’ का कारण सरेको हो ।
बैठकका लागि मोर्चा, प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तारूढ एमाओवादीका प्रतिनिधि तयार थिए । कार्यदल सदस्य कांग्रेस नेता महेश आचार्यले बैठक समय कुर्दै पार्टीको महाधिवेशन अभियानसमेत पन्छाए ।
उता मोर्चा आबद्ध दलका तीन सदस्य सूचना पर्खंदै सिंहदरबारनजिकै तमलोपा मुख्यालय बिजुलीबजारमा जम्मा भएका थिए । दुई बजे भनिएको बैठक साँझ बस्ने भनिएपछि उनीहरू साँझसम्मै बसे । तर बैठक नै नबोलाइएपछि बेलुकी आफूहरू निवास फर्केको
तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले बताए ।
कार्यदलका सरकारी प्रतिनिधि रावलले कांग्रेस नेता आचार्यलाई आफू ‘सरकारी काममा व्यस्त रहेकाले पछि खबर गर्ने’ फोनमा जानकारी दिएका थिए । तर, पछि रावलको खबर नआएको आचार्यले कान्तिपुरलाई बताए ।
‘आज (सोमबार) दुई बजे बस्ने सल्लाह गरेर हामी हिजो (आइतबार) बैठकबाट उठेका थियौं, मन्त्रीजीले ‘अहिले कार्यव्यस्तता छ, पछि खबर गर्छु’ भन्नुभयो,’ आचार्यले भने, ‘उहाँ व्यस्त भएरै होला, बैठक हुन सकेन ।’
रावल भने बैठकको समयमा वीरेन्द्र सैनिक अस्पताल छाउनीको निरीक्षण भ्रमणमा पुगेका थिए । रक्षामन्त्रीसमेत रहेका रावल भूकम्पपछि क्षतिग्रस्त संरचना निरीक्षण तथा निर्देशनका लागि छाउनी पुगेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
कार्यदल बैठक बस्न नसक्नुको कारणबारे जिज्ञासा राख्न खोज्दा रावल उपलब्ध भएनन् । बालुवाटार स्रोतले कार्यदलको विषयलाई लिएर प्रधानमन्त्री केपी ओली र रावलबीच कुराकानी भए पनि के छलफल भयो भन्नेमा अनभिज्ञता दर्शायो ।
कांग्रेस सभापति सुशील कोइरालाले तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीलाई कार्यदलमा सकारात्मक भूमिकाको अपेक्षा राख्दै फोन गरेका थिए । कोइरालासँग कार्यदलमा भइरहेको प्रगति, आन्दोलनलगायत विषयमा कुराकानी भएको त्रिपाठीले जानकारी दिए ।
बिहीबारदेखि सुरु कार्यदल बैठकमा आइतबार तीन दल र मोर्चा प्रतिनिधिहरू सीमांकन हेरफेरलगायत मोर्चाका ११ बुँदे माग सुल्झाउन प्रस्तावित राजनीतिक संयन्त्रलाई संसद्मार्फत संवैधानिक वैधता दिने सहमति नजिक पुगेका थिए ।
उपप्रधानमन्त्री रावलले मन्त्रिपरिषद्मार्फत यसको औपचारिक प्रस्ताव लगिने भन्दै मोर्चालाई आश्वस्त तुल्याउन खोजेपछि पाँच महिनायता जारी गतिरोध तोडिने संकेत देखिएको थियो ।
मोर्चाले बटमलाइन मान्दै आएको सीमांकन हेरफेरसम्बन्धी संयन्त्रमा कार्यविधिको भाषा के हुने भन्नेमा दुई पक्षबीच राय बाझिएको थियो । मोर्चाले ‘मधेसमा दुई प्रदेश हुने गरी’ वाक्यांश लेखिनुपर्ने अडान लिएको छ ।
तीन ठूला दलले भने ‘संघीय प्रदेशहरूको सीमांकन पुनरावलोकन तथा परिमार्जन’ लेखिनुपर्ने अडान राखेका छन् । मोर्चाले शब्दावलीबारे लचकता देखाए सोमबार ‘ब्रेक थ्रु’ हुने अपेक्षा गरिएको थियो । सरकारी पक्ष तयार भए मंगलबार कार्यदल बैठक बस्ने स्रोतले जनाएको छ ।
सर्लाही, २० पुस । मर्निङ वाकका क्रममा मारिएका नेकपा एमालेका नेता राम नरेशराय यादवका हत्यारालाई प्रहरीले पक्राउ गरेको छ ।
हत्याराको नाम सार्वजनिक गरिएको छैन् । पुस १४ गते मर्निङ वाकमा जाने क्रममा सर्लाहीको हेमपुर–८ मा ५६ वर्षीय नेता यादवको हत्या भएको थियो । सोमबार परिवारले किटानी जाहेरी दिएका छन् । प्रहरी स्रोतका अनुसार एमाले नेता यादवको हत्यामा २७ वर्षीय युवक संलग्न छन् ।
उनलाई प्रहरीले आइतबार पक्राउ गरेको बताइएको छ । यादवको हत्या भएको घटनास्थलमा फेला परेको ट्राउजर र ज्याकेटका आधारमा हत्यारा युवक पत्ता लागेको प्रहरी स्रोतको दाबी छ ।
हत्याको कारण बाबुसँग अँश लिएर बेचेर खाएपछि फेरि बाबुसँग अँश माग्न जाँदा नेता यादवले बीचमा आएर सहजीकरण गर्नु रहेको छ । त्यसैकारण युवकले नेता यादवलाई पटकपटक मार्ने धम्की समेत दिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रमुख तीन दलले मधेसी मोर्चाको ११ बुँदे मागबारे सहमति जुटाउन संयुक्त कार्यदल गठनको प्रस्ताव गरेका छन् । मधेसी मोर्चाले भने यसमा सहमति जनाइसकेको छैन ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा तीन दल र मधेसी मोर्चाका नेताहरूबीच झण्डै तीन घन्टा वार्ता भएको थियो ।
वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर ढंगले वार्ता गरेर छिट्टै समाधान निकाल्न प्रस्ताव गरे । तीन दलका नेताहरूले संविधान संशोधन विधेयकमा सहमतिमा आउन समेत मधेसी मोर्चालार्इ आग्रह गरेका छन् ।
तर, मधेसी मोर्चाका नेताहरूले समग्रमा सहमति खोज्नु पर्ने बताए । त्यसमा विपक्षी कांग्रेस र एमाओवादी समेत सकारात्मक देखिए ।
बैठकमा तीन दलले चारै पक्ष रहने गरी कार्यदल बनाउने र मोर्चाको ११ बुँदे मागबारे सहमति खोज्ने प्रस्ताव गरेका छन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधान संशोधन र सीमांकनबारे छलफल भएको भन्दै कार्यदल गठनको प्रस्ताव राखेको बताए ।
एमालेका भीम रावल, कांग्रेसका महेश आचार्य र एमाओवादीका कृष्णबहादुर महरा कार्यदलमा प्रस्तावित छन् ।
मधेसी मोर्चालार्इ एक वा दुर्इ जना प्रतिनिधि दिन भनिएको छ । तर, मधेसी मोर्चाले कार्यदलमा बस्ने नबस्ने केही निर्णय दिएको छैन ।
मोर्चाका शीर्ष चार नेता मध्ये महन्थ ठाकुर मात्र वार्तामा थिए । अन्य नेताहरू बाहिर रहेको भन्दै मोर्चाका नेताहरूले आन्तरिक छलफल गरेर जवाफ दिने बताएका छन् ।
बैठकपछि तमलोपाका नेता हृदयेश त्रिपाठीले कार्यदल प्रष्ट नभएको भन्दै कर्मकाण्डी हुन सक्ने आशंका व्यक्त गरे ।

तमलोपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर
गौशाला, ९ पुस । तीन महिनादेखि मधेसमा आन्दोलनरत तराई मधेस लोकतान्त्रिक पार्टीका नगर अध्यक्ष नवोनाथ कुँवरको गएराति हृदयघातबाट मृत्यु भएको छ ।
महन्थ ठाकुरको नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी महोत्तरीका संस्थापक सदस्य एवम् जलेश्वर नगर पार्टी कमिटीका अध्यक्ष कुँवरको गएराति भारतको मुज्जफरपुर सहरस्थित अस्पतालमा मृत्यु भएको हो ।
२०१२ सालमा बाबु बालेश्वर कुँवर र आमा गुलाबदेवीको कोखबाट जलेश्वर नगरपालिका–११ खैरामा जन्मिनुभएका नेता कुँवरको ६० वर्षको उमेरमा मृत्यु भएको हो । २०६४ सालमा पार्टीको स्थापनाकालदेखि नै पार्टीको नगर अध्यक्षको भूमिकामा रहनुभएका नेता कुँवरलाई बुधबार बेलुका ५ बजे आफ्नै घरमा हृदयाघात भएको तथा परिवारजनले उपचारका लागि भारतको मुज्जफरपुर लगिएकोमा उहाँको गएराति मृत्यु भएको निजकी छोरी लक्ष्मी तिवारीले बताउनुभयो । सन्तानका रुपमा नेता कुँवरका चारजना छोरी मात्र छन् ।
नेता कुँवरको मृत्युबाट तमलोपा महोत्तरीलाई ठूलो क्षति भएको बताउँदै सो पार्टीका जिल्ला अध्यक्ष अभिराम शर्माले उहाँको पार्थिव शरीरलाई आज जलेश्वर नगरभरि शवयात्रा गराई उहाँको जन्मभूमि खैरामा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली दिँदै अन्तिम संस्कार कार्यक्रम गरिने बताउनुभयो । रासस

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारतको व्यवहारले दुई देशबीचको सम्बन्धको गलत परीक्षण भएको बताएका छन् । रोटीबेटीको सम्बन्ध भन्ने तर आपूर्ति बन्द गर्ने भारतको नियत ठीक नभएको थापाको भनाइ छ ।
बेंग्लोरबाट मंगलबार साँझ पौने आठ बजे दिल्ली फर्किएका थापाले नेपाली दूतावासमा आयोजित रात्रिभोजमा भारतीय सांसद तथा भाजपासहितका नेतालाई सम्बोधन गर्दै भारतले वीरगन्जबाहेकका नाका खोल्नुपर्ने बताए । दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले थापाको सम्मानमा भोज आयोजना गरेका थिए ।
भाजपा नेता विजय जोली, सांसद डिपी त्रिपाठी, डी राजा, कम्युनिस्ट पार्टीका नेता सीताराम येंचुरीलगायतका नेताहरूले थापालाई संविधानबारे जिज्ञासा राखेका थिए । भाजपाका नेताले भने मधेसीहरूको आन्दोलनको बचाउ गर्दै छिटो समाधान खोज्न आग्रह गरेका थिए । थापाले बुधबार विदेशमन्त्री सुषमा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । तर, समयबारे अबेरसम्म दूतावासले विस्तृतमा बताएको छैन ।
नेपाल र भारतको सम्बन्ध रोटीबेटीको छ, यो सही हो । तर, राजनीतिका कारण जनताले दु:ख पाउने स्वाभाविक हुँदैन । राजनीतिक कारण देखाएर आपूर्ति रोकिदैन । त्यसकारण म र सरकारको एउटै धारणा छ, खुलेका नाकाबाट आपूर्ति सुचारु गरिदिनुस्, सहयोग गरिदिनुस् । यति भयो भने सोचेभन्दा बढी सहयोग हुन्छ । नत्र मानवीय संकट उत्पन्न हुने भइसक्यो । आजको नयाँ पत्रिकामा खबर छ

चिनियाँ राष्ट्रपति शि जीन पिङले देशको सैनिक संरचनामा ब्यापक सुधारको घोषणा गरेका छन् । सन् २०२० सम्म सैनिक संरचनामा महत्वपूर्ण फेरबदल गरिने घोषणा उनले गरेका हुन् ।
केन्द्रीय सैनिक आयोगकका अध्यक्ष समेत रहेका चिनियाँ राष्ट्रपतिले चीनको सैनिक संरचना सुधार गर्न नयाँ प्रणाली समेत विकाश गरिने बताए ।
सैनिक संरचना सुधारका लागि उनले विभिन्न योजना समेत सार्वजनिक गरेका छन् ।
भारतलाई भने तनाव
चीनले सैनिक संरचनामा सुधार गर्ने बताएपछि भारत भने चिन्तित देखिएको छ । भारतीय मिडियामा सरकारले सैनिक सुधारमा ध्यान नदिएको भन्दै आलोचना भैरहेको छ ।
विहीबार मात्र चीनले सैनिक सुधारमा कदम चाल्ने घोषणा गरेपछि भारतमा तिव्र प्रतिक्रिया देखिएको छ । चीनको सेना भारतको भन्दा २ गुना बढी रहेको भन्दै भारतीय मिडियामा गम्भिर चिन्ता ब्यक्त गरिएको छ । यो सेना ससक्त भएमा भारतको कुनै प्रतिरोध समेत गर्न नसक्ने भारतको चिन्ता छ ।
चीनले सोभियत संघ मोडलमा सेनाको विकाश गर्न चाहेको भारतको भनाइ छ ।

रेन्द्र मोदीको सन्दर्भमा एक हिन्दी उखान सहि सावित हुन थालेको छ –गाँठ भी गुमाना, बेबकुफ भी बनना । अर्थात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाँठ (पैसा) पनि गुमाए र अन्तमा बेबकुफ पनि बने ।
मोदीले नेपालमाथि नाकाबन्दी गरेर भारतीय सरकारले नेपालको अर्थतन्त्रमाथि महाभूकम्पले भन्दा गम्भीर क्षति पुर्याएर दवाव दिए । तर यसको सा
थै भारतीय सरकारले नेपालवाट कमाइरहेको अरवौं रुपैयाँ पनि गुमाइरहेकोछ । तात्कालीन रुपमा मात्र होइन, अब उत्तरी नाका खोल्न थाले पछि अरु थप भारतीय कमाई वन्द हुँदै जाने पक्का भएको छ ।
थै भारतीय सरकारले नेपालवाट कमाइरहेको अरवौं रुपैयाँ पनि गुमाइरहेकोछ । तात्कालीन रुपमा मात्र होइन, अब उत्तरी नाका खोल्न थाले पछि अरु थप भारतीय कमाई वन्द हुँदै जाने पक्का भएको छ ।केवल पेट्रोल ग्याँसको मात्र होइन, उत्तरी नाका र वाटोहरु राम्रोसंग खुल्दै जाने क्रममा भारतको अरु बस्तुहरुको व्यापारिक हिस्सा पनि कम हुँदै जानेछ । नेपालमा भारतीय लगानी पनि धेरै छ । भारतीय लगानीका ती उद्योग व्यवसायले पनि भारतीय नाकावन्दीको नकारात्मक असर परेकोछ र यसले पनि भारतको कमाउ धन्धामा कमी आउनेछ ।
गाँठ गुमाउनुको साथै नरेन्द्र मोदी बेबकुफ पनि वन्दैछ । मोदी चेपुवामा फंस्दै गएका छन् । एकातिर केही मधेशका नेताहरुले दवाव दिंदैछन् कि उनीहरुको माग पूरा नभए सम्म नाकावन्दी कायम राखियोस् । अर्कोतिर देश भित्र तथा अन्तर्राष्ट्रिय जगतमा पनि माेदी एक्लिन थालेका छन् ।
बेलायत बाहेक अरु कुनैपनि देशले मोदीको हँ मा हँ मिलाएका छैनन् । संयुक्त राष्ट्रसंघले पनि मोदी नाकावन्दीको विरोध गरिसकेको छ । आफ्नै देशमा पनि मोदीको आत्मघाती कदमको विरोध शुरु भैसकेकोछ । त्यहाँका स्थापित पत्रिकाहरु र टिभि लगाएतका संचार माध्यमहरुमा मोदीको नेपाल नीतिको विरोध शुरु भैसकेकोछ ।
विहारमा भएको शर्मनाक पराजयले मोदीलाई अझ लाजमर्दो वनाइदिएको छ । विहार चुनावमा विजय पाउनका लागि पनि नेपालमाथिको नाकावन्दीले सहयोग गर्नेछ भन्ने मोदीको रणनीति गलत सावित भएको छ र यसले उल्टै मोदीलाई व्याकफायर गरेकोछ ।
यसले मोदीलाई भारतव्यापी रुपमै आइसोलेशनमा पार्न सुरु गरेकोछ र मोदी क्रेजको पारो निकै घट्न थालेको स्वयंम मोदी कै दलका नेताहरुको विरोधवाट स्पष्ट हुन्छ । मोदी भन्दा धेरै वरिष्ठ विजेपी नेता लालकृष्ण आडवाणीको मोदी प्रतिको विरोध वक्तव्यले यसको संकेत गर्दछ ।
विहार चुनावमा मोदीको हारलाई मोदी घमण्डको हारको संज्ञा दिए जस्तै नेपालको नाकावन्दी काण्डमा पनि मोदी घमण्डको हार भैरहेकोछ । तर उनी त्यतिकै हार मानेर पुच्छर लुकाएर भाग्ने पक्षमा छैनन् भनिन्छ ।
उनमा इगो जागेको छ । मोदी नाकावन्दी काण्डमा फेस सेभ गर्ने गरि सम्झौता गर्ने पक्षमा रहेको श्रोतको दावी छ । नेपाली राजनीतिमा भारतीय सहजकर्ता वा मध्यस्थकर्ताको भूमिका रहेको सन्देश जाने गरि सम्झौता गर्ने पक्षमा मोदी छन् भनिन्छ ।
तर मोदी नराम्रोसंग नेपाली रणमैदानमा फँसेका छन् । मध्यस्थकर्ताको भूमिका भनेको दुई पक्ष माझ विचको वाटोमा सम्झौता गर्ने स्थिति रहेमा मात्र काम लाग्छ । मधेशका केही नेताहरु र सत्तापक्ष विच अहिले विच वाटोमा सम्झौता गर्ने स्थिति कम छ भन्ने पर्यवेक्षकहरुको मूल्यांकन छ ।
उपेन्द्र यादव लगायतका नेताहरु मधेशको मात्र दुई प्रदेशको अडानमा छन् तर सत्तापक्ष यो मान्न कुनै हालतमा तयार छैनन् । सीमांकन हेरफेर गर्न सकिन्छ भन्ने कुरा प्रधानमन्त्रीको वक्तव्यमा आएपनि मधेशको मात्र अलग दुई प्रदेश गर्न सत्तापक्ष कुनै हालतमा तयार हुने छैन भन्ने कुरा विगतले प्रष्ट गरिसकेकोछ ।
असन्तुष्ट पक्षको समेत सहभागितामा आयोग वन्ने सम्ममा विचको वाटो निस्कन सक्दछ तर उपेन्द्र लगायतका नेता कुनै हालतमा यहि वेला सीमांकन नयाँ ढंगले गराइछाड्न चाहन्छन् । तसर्थ मोदीको विचौलिया वन्ने सपना पनि पुरा नहुने देखिन्छ ।
मोदीले फकाउने र थर्काउने दुबै रणनीति पालै पालो वा एकसाथ प्रयोग गरिरहेकोछ । आजभोलि केही नाकाहरु खुकुलो वनाएर फकाउन खोजिरहेकोछ । प्रचण्डलाई प्रधानमन्त्रीको लोभ देखाइएको हल्ला समेत वाहिर आएको छ । तर यसपाली ओली र प्रचण्ड फकिने र थर्किने स्थितिमा नरहेको वताइन्छ । विगतमा यी दुबै नेताहरुले भारतीय एजेण्डा विविध समयमा वोकेको भएपनि अहिले स्थिति कोल्टे फेरेको देखा पर्दैछ ।
अहिले मोदीले आफ्नो पराजयवाट आफ्नो फेस सेभ गर्नका लागि केही नाकाहरु खुकुलो पारेर फकाउन खोजे पनि आफ्नो अभिष्ट पुरा भएन भने फेरी उग्र भएर सबै नाकाहरु वन्द गर्ने वा मुख्य नाका वीरगञ्ज वन्द नै राखेर नाकावन्दी लम्व्याई थप दवाव श्रृजना गर्ने सम्भावना रहेको श्रोतहरुको भनाई रहेको छ ।
यस्तो स्थितिमा सरकारले चीनवाट ग्याँस र अरु इन्धन व्यावसायिक रुपमा ल्याउन सक्यो भने मात्र मोदीको मन्त्र पुरै बेकामे हुने र मोदीको नाकावन्दी युद्ध पराजित हुने पर्यवेक्षकहरु औंल्याउँछन् ।
काठमाडौँ । आज अपराह्न १२ बजेर ४१ मिनेट जाँदा म्याग्दी देवीस्थान आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको भूकम्प गएको छ ।
आजको भूकम्प ‘गोरखा भूकम्प’को परकम्प नभई नयाँ भूकम्प भएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ समकक्षी लि छियाङसँग भारत चीनसँगको व्यापार घाटामा टाट पल्टने अवस्थामा पुगेकाले आफुलाई बचाइदिन हार गुहार गरेका छन् ।
आसियानको जारी सम्मेलनका क्रममा आमन्त्रीत सदस्यका रुपमा मलेसियाको राजधानी क्वालालम्पुर पुगेका मोदीले अर्को आमन्त्रीत मुलुक चीनका प्रधानमन्त्री छियाङसँग व्यापार घाटा कम गर्नकालागि सहयोग गर्न आग्रह गरेका हुन् ।
साइडलाइन भेटवार्ताका क्रममा दुई देश बीचको आपसी सम्बन्ध र छिमेकसँगको सम्बन्धका बारेमा छलफल भएको थियो । मोदीले पछिल्लो समय नेपाल र भारतका बीचमा देखिएको समस्या एकतफी भएको बताएका थिए ।
मोदीले नेपालको आन्तरिक राजनीतिका कारण नाकामा समस्या भएको बताएका थिए । लि छियाङले चीनले पनि नेपालको समस्या समाधान गर्न सहयोग गरिरहेको जानकारी गराएका थिए ।
चिनियाँ प्रधानमन्त्रीले नेपाललाई सहयोग गर्न लागेको जानकारी गराएपछि मोदीले आफ्नो देशसँगको व्यापार घाटा कम गराउन आग्रह गरेका थिए । भेटबारे भारतीय प्रधानमन्त्री कार्यालयले पुष्टी गरेको छ ।

काठमाडौं । भारतीय गृहमन्त्री राजनाथ सिंहले चिनियाँ राष्ट्रपतिदेखि गृहमन्त्रीसम्मलाई भेटी इन्धन नदिन घुमाउरो आग्रह मात्र गरेनन्, भारत हार्ने खेलमा नलाग्न चीनलाई आग्रह पनि गरे ।
अघोषित नाकाबन्दी लगाएको भारतले यतिखेर चीन र नेपालबीच भएको तेल व्यापार रोक्ने ठुलो कसरत गरिरहेको छ । नेपाल र चीनबीच पेट्रोलियम व्यापारको प्रारम्भिक सम्झौता भएको आवस्था र व्यापारिक सम्झौताको तयारि भैरहेका बेला एकाएक चीन हानीएका सिंहले चिनियाँ सरकारका उच्च अधिकारीहरुलाई भेटेर नेपाललाईए चीनले इन्धन दिनु नेपाल जित्नु र भारत हार्नु सरह भएको बताएका छन् ।
उनले चिनियाँ राष्ट्रपति सि जिनपीङदेखि समकक्षीसम्मलाई भेटेका छन् । नेपालसँगको ४० वर्षे तेल व्यापारको एकाधिकार तोडिने र नेपाललाई समस्यामा पारेर आफ्नो स्वार्थ पुरा गर्ने भारतको योजना लगभग असफल हुनै लाग्दा भारत अत्तालिद चीनसँग इन्धन नदिन कुटनीतिक तहमा छलफल गरिरहेको छ ।
चिनियाँ प्रधानमन्त्री लि खछ्याङ सँगको भेटमा सिंहले नेपालमा जारी भएको संविधानले आम नेपालीको भावना नसमेटेको र मधेसका केही समुदाय अधिकार बिहीन भएको बताएका थिए । उनले यती भनेपछि चीनले नेपालको आन्तरिक मामलामा कसैले पनि हस्तक्षेप गर्न नहुने भन्दै नाकाबन्दी गर्नु अमानविय भएको भन्दै उल्टै सिंहलाई झपारेका थिए ।
यती मात्र हैन नेपालकै आयल निगमका उच्च अधिकारीहरुलाई पनि भारतले नियन्त्रणमा लिएको आरोप लागीरहेका बेला राजनाथ सिंहको बेइजिङ दलौडधुपले इन्धन व्यापार सम्झौता लम्बिने सकेत देखापरेको स्रोतको दाबी छ ।