कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन स्वराज आउने
SHARE THIS POST :

माघ २६, २०७२- राति निधन भएका नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न भारतीय विदेश मन्त्री सुष्मा स्वराज काठमाडौं आउने भएकी छन् ।

आज दिउसो उनी काठमाडौं आइपुग्ने परराष्ट्र सचिव शंकर बैरागीले बताए । उनी कोइरालाको अन्त्येष्टिमा सहभागी हुने र प्रधानमन्त्री केपी शर्मा अोलीलगायतलाई भेट्ने बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभल, अानन्द शर्मा, शरद यादव र सिताराम यचुरी पनि स्वराजसँगै अाउन लागेकाे स्वराजले अाफ्नाे ट्वीटमा उल्लेख गरेकी छन् ।



Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.