बाँकेमा ७ वर्षीय बालकको घाँटी रेटेर हत्या
SHARE THIS POST :

 नेपालगञ्ज । बाँकेको कोहलपुर ९ झण्डहवाका सात वर्षीय बालकको घाँटी रेटेर हत्या भएको अबस्थामा शव फेला परेको छ । राजशंकर थारुका छोरा आकाश थारुको शव भेटिएको हो ।

आकाश २४ गतेदेखि बेपत्ता थिए । उनको शव घर नजिकैको परालको टौवामा चामलको बोरामा राखिएको अबस्थामा बुधबार बिहान भेटिएको थियो ।इलाका प्रहरीको कार्यालय कोहलपुरको टोलीले शवको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ ।

छिमेकी-छिमेकीबीचको मनमुटावका कारण बालकको अपहरणपछि हत्या भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले घटना अनुसन्धानका लागि स्थानीय ६ जनालाई नियन्त्रणमा लिएको छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.