विश्वलाइ नै चक्मा दिँदै चीनले बनायो कृत्रिम सूर्य, जो वास्तविक सूर्यभन्दा तीन गुणा बढी तातो छ
SHARE THIS POST :

काठमाडौँ, १ फागुन । नयाँ नयाँ खोज र आविश्कारमा चीनले आफ्ना प्रतिस्पर्धीहरुलाई १ कदम पछाडी पार्दै आफुलाई अग्रस्थानमा उब्याउन अब्बल देखिएको छ । कहिले ड्राइभर बिनाको बस बनाएर त कहिले मंगल ग्रहमा नयाँ नयाँ खोज अनुसन्धान गरेर विश्वलाई नै चक्मा दिँदै आएको चीनले यतिबेला कृत्रिम सूर्य निर्माण गरेको छ । जो वास्तविक सूर्यभन्दा तीन गुणा बढी भएको निर्माणमा संलग्न वैज्ञानिकहरुलाई उद्रित गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

हाइड्रोजन ग्यासको प्रयोगबाट ५ करोड डिग्री सेल्सियसको चरम तापक्रम पैदा गर्दै वैज्ञानिकहरुले १ सय २ सेकेन्डसम्म सो तापक्रम कायम राख्न सफल भएको इन्स्टिच्यूट अफ फिजिकल साइन्सले उल्लेख गरेको छ । न्यूक्लियर इनर्जीको माध्यमबाट सूर्यबाट प्राप्त इन्धनमाथिको परनिर्भरतालाई अन्त्य गर्न सकिने समेत चिनियाँ बैज्ञानिकहरुले दाबी गरेका छन् । एजेन्सीको सहयोगमा

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.