तरुण दलका स्थानीय नेताको गोली हानेर हत्या, कपिलवस्तुको स्थिति तनावग्रस्त
SHARE THIS POST :

 माघ । हिजो कपिलवस्तुको जितपुरमा स्थानीय युवा राजेश सेनको हत्या भएको विरोधमा आज कपिलवस्तुका शैक्षिक संस्था तथा सार्वजनिक यातायातका साधन ठप्प भएका छन् ।नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले हत्यामा संलग्नको पहिचान र कारबाहीको माग गर्दै विरोधमा उत्रिएका हुन् ।

तरुण दल र नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताको विरोध प्रदर्शनका कारण सदरमुकाम तौलिहवा, वाणगङ्गा, गजेहडा, ओदारीलगायतका शैक्षिक संस्था पूरै बन्द भएका छन् । विरोधका कारण तौलिहवा जितपुर सडकखण्डमा सवारीका साधन चल्न सकेका छैनन् ।घटनास्थल जितपुर चोक स्थल तनावपूर्ण रहेको छ भने वाणगङ्गा, गजेहडा क्षेत्रका बजार पनि बन्द रहेका छन् ।

वाणगङ्गा नगरपालिका–१० स्थित जितपुर चोकमा साथीसँग कुराकानी गरिहरहेको अवस्थामा हिजो सांँझ ३७ वर्षीय राजेश सेनको हत्या भएको थियो ।एउटा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले सेन उपर गोली प्रहार गरी फरार भएका छन् । छातीमा गोली लागेका सेनको उपचारको क्रममा हिजो नै बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

घटनामा संलग्न दोषी उपर नेपाली कांँग्रेस, नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घले कडा कारबाहीको माग गरेका छन् । यसैबीच सभासद् सुरेन्द्रराज आचार्य र सभासद् अतहर कमालले पनि घटनामा संलग्नको पहिचान गरी दोषीउपर कारबाही गर्न सरकारसँग माग गरेका छन् ।हत्यामा संलग्न भएका व्यक्तिको खोजीकार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक डिल्ली राज जोशीले बताउनुभयो । रासस

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.