सावधान ! चुइङडम खादैहुनुहुन्छ, दाँतदेखि मृगौलासम्मलाई गर्छ हानी
SHARE THIS POST :

मिडिया एनपी, काठमाडौं । धेरैको बाँनी चुइङडम चपाउँदा आनन्द लिने हुन्छ । अझ कतिपय त चुइङडम पड्काउँनुलाई इज्ततसँग गासेर पनि हेर्छन् । खासगरी चुइङडमका बढी प्रयोगकर्ता र किशोरी तथा युवती भेटिएका छन् । तर, यसको हानिकारक पक्षबारे भने कोही सचेत भएको पाईंदैन ।
इजरायलको तेलअबिब विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार बच्चा तथा किशोरहरुमा चुइङगम चबाउने बानीले टाउको दुखाइएको समस्या निम्त्याउँछ । अध्ययनमा सामेल मेर मेडिकल सेन्टरका डा. नाथन बोटेम्बर्ग भन्छन्, ‘अनुसार चुइङगम चपाउने बानी छाडिदियो भने टाउको दुख्ने समस्या निकै समाधान भएको पाइएको छ’ ।
प्राचिनकालमा महिला तथा पुरुषहरु आनन्दका लागि रुखको चोप चुइङगमको रुपमा चबाउने गर्थे । प्राचिन ग्रीकमा पनि मानिसहरु दाँत सफा गर्न र श्वास स्वच्छ राख्न रुखको चोप चपाउँथे । चुइङगम आजकाल नेपालमा मात्र होइन, विश्वव्यापी प्रयोग गरिन्छ । आज हामी यहि चुइङडमले मानिसको जीवनमा पार्ने केहि नकारात्मक असरका बारेमा चर्चा गरौं
दाँतको सडन : गुलियो पदार्थ प्रयोग गरिएको चुइङगमले दाँतको सडन र गिजाको रोग निम्त्याउँछ । तत्कालै ब्रस गरिएन भने चुईङगमा भएको गुलियो पदार्थले विस्तारै दाँतको इनामेलमा असर पु¥याउँछ । यसबाट बच्न चिनीको मात्रा कम मिसाइएको चुइङगम मात्र प्रयोग गर्ने बानी बसाल्नुस् । तर, अप्राकृतिक गुलियो प्रयोग गरिएको चुईङगमले कसैलाई एलर्जी, चिडचिडापन र टाउको दुखाई निम्त्याउन सक्छ ।
बंगारामा समस्या : चुइङगम चपाउने बानीले बंगारामा दबाब सिर्जना गराउन सक्छ । तत्काल वास्ता गरिएन भने यसले ‘टेम्पोरोमान्डि ज्वाइन्ट डिस्अर्डर (टिजेडी) हुन सक्छ, जसबाट असैह्य रुपमा अनुहारको दुखाई र घाँटीमा असजिलोपना निम्तिन सक्छ ।
पेटमा समस्या :  लगातार चुईङगम खानाले पेट र पाचन प्रणालीमै असर पर्न सक्छ । खाना खाएपछि पच्न केही समय चाहिन्छ, तर, लगातार चुईङगम चपाइरहेपछि मुखबाट निस्किएको ¥यालले खाना पचाउने समय दिदैंन । जसले गर्दा ग्यास्ट्रिक र दुखाईको समस्या आउँन सक्छ । ग्यास्ट्रिकको समस्या पछि गएर अल्सर पनि बन्न सक्छ ।
मृगौलामा समस्या : यदि दाँतमा मक्र्युरी भरिएको छ भने चुइङगम लगातार चपाउँनाले त्यो निस्कन्छ । मक्र्युरी मेटाबोलिजमका लागि खतरनाक हुन्छ । मक्र्युरीले रगत, पिसाब नली, नसा र ब्रेनलाई असर पार्छ ।
अनुहारको मांसपेशीमा समस्या :  किशोर उमेरमा अत्यधिक चुइङगम खानाले बंगाराको हड्डी तथा मांसपेशी तन्कन्छ र अनुहार ठुलो बन्न सक्छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.