आज पोखरा मा मृतक प्रेमीसँग बिहे गरेर प्रेमीकाले देखाइन यसरी विश्वलाई रुवाउने अनौठो प्रेम .........
SHARE THIS POST :

एजेन्सी– प्रेम के हो ? मानिसहरु यसको ठ्याक्कै परिभाषा गर्न सक्दैनन् । गरिहाले पनि मानिसपिच्छे फरक–फरक परिभाषा पाउन सकिन्छ


 कसैले प्रेम त्याग हो भन्छन् त कसैले प्राप्ती । वास्तवमै प्रेम बुझ्न निकै गाह्रो छ । प्रेमकै विषयमा थाइल्याण्डमा एक घटना बाहिर आएको छ जसले फेरि एकपटक सवैलाई प्रेमबारे सोच्न बाध्य बनाउँछ ।एक युवतीको युवकसँग बिहे गर्ने कुरो छिनिएको थियो ।
 दुवै आपसमा प्रेम पनि गर्दथे । तर उनीहरुको प्रेममा दैबले आँखा लगाएछ क्यारे । युवकको हृदयघातका कारण मृत्यु भयो । तर, यस संसारबाट विदा भइसकेका युवकसँग ती युवतीले विवाह गरिन् र उनले प्रेमको परिभाषबारे सोच्न सवैलाई बाध्य बनाइन् ।
 डेली मेलले जनाएअनुसार च्याचोङग्सौ प्रान्तकी नान थिप्पारतले बिहे हुने कुरो छिनिएका आफ्ना मृतक प्रेमिसँग गरेको एउटा बाँचा पुरा गरिन् । उनले प्रेमिलाई जीवनभर साथ दिन नसकेता पनि संसारलाई आफ्नो प्रेम देखाइन् र यसको हिराई पनि ।मृत शरीरलाई राखेर ती युवतीले त्यहाँको रित अनुसार सवै प्रक्रिया पुरा गरेर ती युवसँग बिहे गरिन् । जसका कारण त्यहाँ उपस्थित अन्य मानिसका आँखाबाट आँसु रोकिन सकेनन् । रोकियोस् पनि कसरी त्यो क्षण निकै फरक थियो ।
त्यहाँ प्रेमको हार होइन जित भइरहेको थियो । सो क्रममा वेहुली र मृत शरीर दुवै बिहेको पोशाकमा सिजिएका थिए । विहे पछि थोरै प्रतिक्रिया दिँदै उनले भनेकी थिइन्, ‘म उसलाई निकै प्रेम गर्थे ।
 आज उसले मलाई छाडेर गयो तर, मेरो प्रेम कहिल्यै मर्ने छैन । म यो सहनै सक्दिन कि ऊ अहिले मसँग छैन तर, मलाई आशा छ अर्को जन्ममा म पक्कै उसको हुनेछु । स्रोत काठमांडू टुडे .कम

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.