बलात्कारका आरोपी जेलमा होइन अस्पतालमा
SHARE THIS POST :

काठमाडौँ – ललितपुरको भैसेपाटी नजिकै रहेको मगरगाउँस्थित सानो खोकनामा मध्यरातमा महिला माथि बलात्कार गरेको आरोपमा अदालतले पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएका भूषण थापा अस्पतालमा सुतिरहेको खुलासा भएको छ । ललितपुरकी आकृति (नाम परिवर्तन) लाई २०७२ कार्तिक १४ गते मध्यरातमा मगरगाउँ पुर्याएर जबर्जस्ती करणी गरेको अभियोगमा ललितपुर जिल्ला अदालतले भुषणलाई थुनुवा पुर्जी दिई कारागारमा राख्न आदेश दिएको थियो ।


ललितपुर जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको आदेशमा भनिएको छ, ‘प्रतिवादीले लोभ लालचमा पारी आफ्नो सवारी साधनमा राखी एकान्तमा लगेर जबर्जस्ती करणी गरको अभियोगपत्रका आधारमा रातीसँगै रहेको पुष्टि भएको छ । प्रतिवादी भुषण थापाले नियमानुसार सिधा खान पाउने गरी थुनामा राख्न कारागार पठाईदिनु ।’

२०७२ मंसिर ७ गते जिल्ला अदालतले यस्तो आदेश दिएसँगै कारागारमा हुनुपर्ने आरोपी थापा हाल ग्वार्को स्थित किष्ट मेडिकल कलेजको भिआईपी क्याविनमा आरामपुर्वक बसिरहेका छन् ।यसअघी पिडीत आकृतीको जाहेरीपछी पक्राउ परेका थापा जावलाखेल प्रहरीको हिरासतमा नबसेर पाटन अस्पतालमा बसेका थिए । त्यतिवेला थापालाई प्रहरीले पाटन अस्पतालमा पठाएको पत्र रातोपाटीलाई प्राप्त भएको छ ।

उक्त पत्रका अनुसार भुषणले ‘०६९ सालमा आफु सवारी दुर्घटनामा परेकोले अहिले पनि दायाँपट्टिको खुट्टा दुखेकाले उपचार गराई पाउँ’ भनी निवेदन दिएका थिए । सोही निवेदनका आधारमा महानगरीय प्रहरी परिसर जावलाखेलले उनलाई सुरक्षा सहित पाटन अस्पतालमा बस्ने ब्यवस्था मिलाएको थियो । अहिले ललितपुर जिल्ला अदालतले कारागार पठाउन आदेश दिएपछि उनी अर्को निवेदन दिएर उपचारको बहानामा किष्ट मेडीकल कलेजमा बसिरहेका छन् ।

थापाले नेपालमा पैसावालहरुले बलात्कार जस्तो अपराधमा पनि जेल बस्नु नपर्ने नजिर नै स्थापित गरेका छन् । तीन बर्ष पुरानो दुर्घटनामा घाइते भएको खुट्टो देखाएर अहिले पनि उनी किष्ट मेडिकल कलेज ग्वार्कोमा बसिरहेका छन् । यो नेपालको फौज्दारी न्यायप्राणाली माथि एउटा क्रुर ब्यङ्ग हो ।

रातको समयमा आकृतिलाई घरसम्म पुर्याईदिन्छु भन्दै भैँसेपाटीबाट वाईवाई फ्याक्टितिर लानुको साटो गाडी मोडेर मगरगाउँस्थित सानो खोकनाको एकान्त प्लटिङमा गाडीभित्रै जवर्जस्ती करणी गरेको अभियोग लागेका थापा अदालतमा उपस्थित हुँदा समेत शानका साथ आउने गरेका छन् । कारमा अदालत आउने जाने थापालको शान देखेर जिल्ला अदालत ललितपुरका कर्मचारीहरु समेछ छक्क पर्ने गरेका छन् ।

म्याच फिक्सीङको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका नेपाली राष्ट्रिय टिमका पाँच खेलाडीमध्ये सवैको कार थियो । तर उनिहरु कहिल्यै कारमा अदालत आएनन्, सँधै प्रहरीको भ्यानमा झुण्डिएर आए–गए । तर जबर्जस्ती करणीको आरोपमा मुद्धा खेपिरहेका भुषण थापा कहिल्यै प्रहरीको भ्यानमा चढेनन्, सँधै कार चढेर अदालत आउँछन र जान्छन् । जावलखेलका एक प्रहरी अधिकृत भन्छन्, ‘यो केस चलेदेखी उनलाई मैले धेरैजसो समय कारमै आवत जावत गरेको देखेको छु ।’

को हुन भुषण थापा ?
बिजनेश म्यानेजमेन्टमा डिप्लोमा गरेका थापा कार्यविनायक नगरपालीका–३ ललितपुरमा बस्दै आएका छन् । श्रीमती र छोरी समेत रहेका थापाले ग्रिन लाईफ एनर्जी नामक कम्पनी सञ्चालन गर्दै आएका छन् ।लामो समयदेखी ललितपुर बस्दै आएका थापाको नेपाल प्रहरीका उच्चपदस्थ अधिकारीहरुसँग राम्रो उठबस भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । पटक–पटक विदेश घुम्न जाने थापा अकृतीलाई बलात्कार गरेको अभियोग लाग्नुभन्दा दुई दिनअघी मात्रै हङकङबाट नेपाल फर्किएका थिए ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.