रासायनिक गोदाममा विस्फोट, हावामा फैलियो विषालु ग्याँस
SHARE THIS POST :

ब्राजिल, माघ १ । ब्राजिलको सबैभन्दा ठूलो बन्दरगाह सान्दोसको एक रासायिक गोदाममा विस्फोट भएको छ ।
विस्फोटका कारण हावामा विषालु ग्यास फैलिएको छ । कन्टेनरमा राखिएको एसिड पानीको सम्पर्कमा आएपछि रासायनिक प्रक्रिया उत्पन्न भएर विस्फोट भएको बताइएको छ ।
गोदाम वरपरका घरलाई खाली गरिएको छ र त्यहाँका व्यक्तिलाई सुरक्षित रहन सरकारले आदेश दिएको छ ।
विषालु ग्याँसका कारण धेरै व्यक्तिलाई श्वास लिन गाह्रो भएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । (एजेन्सी)

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.