यो हो अभिनेता अक्षयकुमारको जीवनकै प्रमुख असफलता !
SHARE THIS POST :

मुम्बई । बलिउडमा खेलाडी अभिनेताका रुपमा चिनिन्छन् अक्षयकुमार । उनले चाहेभने गर्न नसकिने केही छैन्।तर उनका अगाडि जीवनकै ठूलो असफलता पनि रहेछ । उनको ठूलो जीवनकै असफलता भनेको पढाइ हो। अनुशासन, लगन र क्षमताका धनी भएपनि अक्षयकुमार पढाइमा धनी बन्न सकेनन् ।मार्सल आर्टसको खेलाडीबाट सन् १९९१ को सुरुआतमा फिल्म ‘खेलाडी’ बाट बलिउडमा पाइला टेकेका अक्षयले हाइस्कुलसम्म मात्रै पढेका छन् । परिवारकै सहयोगमा उनले स्कुल छाडेका थिए ।उनी कलेज ड्रप आउट हुन् । भर्खरैको एक अन्तर्वार्तामा उनले ‘पढेको भए कतिसम्म पुग्थें भन्ने सोचेर कहिल्यै पछुताइनँ’ भनेका छन् ।

बुबाकै समर्थनमा कलेज छाडेको खुलासा गर्दै उनले भने- ‘बुबा र मलाई राम्रोसँग थाहा थियो, मेरो अनुशासित जीवनले नै मलाई जीवित राख्छ भनेर । म किताबले यति थिचिएको थिएँ, सफलता पाइरहेको थिइनँ । त्यसैले पनि घरबाटै कलेज छोड्न स्वीकृति थियो । त्यसपछि त म आफूले चाहेको काममा तनमन लगाएर कडा मिहिनेत गर्न लागिहालें ।’त्यसपछि भने अक्षय मार्सल आर्टस्का गुरु भए अनि फिल्ममा छिरे । अक्षयकुमार आगामी साता फिल्म ‘एयर लिफ्ट’मार्फत आउँदैछन् । यो फिल्मलाई वर्ष २०१६ कै ठूला फिल्ममा गनिएको छ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.