यसकारण स्याउ धेरै खानुहुँदैन
SHARE THIS POST :

स्याउ खानुका स्वास्थ्य फाइदाहरू अनगिन्ती छन्। स्वस्थ फाइबर, भिटामीन अनि कार्बोहाइड्रेटले भरिएको स्याउ दैनिक सेवन गर्न विश्वका सबै चिकित्सकहरू सल्लाह दिन्छन्। भोक लागेको बेलामा पनि स्याउ खाँदा केहि बेरको लागि भएपनि भोकलाई टाढा राख्दछ। तथापी, सबै खानेकुराजस्तै स्याउ पनि धेरै खाएमा फाइदा भन्दा बेफाइदा गर्ने चिकित्सकहरू बताउँछन्।

एकै दिनमा चाहिने भन्दा बढी स्याउँ खाँदा स्वास्थ्यमा निम्न किसिमका असरहरू पर्दछन्ः


१. स्याउमा कार्बोहाइड्रेट हुन्छ, नराम्रो खालको होइन राम्रै खालको कार्बोहाइड्रेट हुन्छ। तर, दिनभरीमा चाहिनेभन्दा बढी कार्बोहाइड्रेट खाएमा, शरीरले इन्धनको रूपमा कार्बोहाइड्रेटलाई नै छान्दछ, जसको कारणले शरीरको बोसोलाई जलाउन पाउँदैन। त्यसले गर्दा शरीरमा बोसो थुप्रिँदै जान्छ र मोटोपना बढ्दै जान्छ।

२. स्याउमा क्यालोरी पनि प्रशस्तै पाइन्छ। सन्तुलित मात्रामा स्याउ खाँदा शरीरमा ऊर्जाको कमी हुँदैन, मतलब थकान, अनिन्द्रा अनि आलस्य हुँदैन। तर, धेरै स्याउ खाँदा शरीरमा चाहिने भन्दा क्यालोरी थुप्रिन जान्छ, जसले गर्दा मधुमेह हुने सम्भावना पनि एकदमै बढी हुन्छ।

३. उच्च रक्तचापबाट बच्नको लागि नियमित स्याउ खानैपर्छ भनेर यो भन्दा अगाडिको अङ्कमा जानकारी दिएका थियौँ। तर, विचार पुर्याउनुस् है, एकैदिनमा धेरै स्याउ खाँदा रक्तचाप बढ्न सक्ने सम्भावना पनि हुन्छ।

त्यसो भए, दिनमा कति स्याउ खानु उचित हुन्छ त?

* सामान्यतयाः एउटा स्याउमा २५ ग्राम कार्बोहाइड्रेट पाइन्छ, जसमध्ये ५ ग्राम फाइबरको हुन्छ। हाम्रो शरीरलाई दिनमा कम्तीमा पनि ४५ ग्राम कार्बोहाइड्रेटको जरुरत पर्दछ। त्यसैले दिनमा २ वटा स्याउ खानु सबैभन्दा उचित हुन्छ।

* एउटा स्याउमा करीब १५० ग्राम क्यालोरी हुन्छ र दिनमा मानिसलाई करीब १००० क्यालोरीको जरुरत पर्दछ, तर अन्य खानेकुराहरूबाट पनि क्यालोरी पाइने हुनाले दिनमा ३/४ वटा स्याउ एकदमै उचित हुन्छ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.