दिल्लीमा नेपाली युवकद्वारा आत्महत्या
SHARE THIS POST :

नयाँदिल्ली – हरियाणाको गुढगाउँस्थित एक निजी निवासका कामदार गुल्मी, नयाँगाउँ ६ का केशव गमाल मगरले छिमेकीको गमला फुटाएको बाहनामा पिटाइ खाएपछि आफू सुत्ने कोठामा गएर आत्महत्या गरेका छन् ।२० वर्षीय केशवले घर मालिकको गाडी निकाल्दा ब्याक गर्ने क्रममा दुई गमला फुटेका थिए ।

उच्च न्यायालयका वकिल रहेका छिमेकीले कुटपिट गरेलगत्तै शनिबार अपराह्न केशव कोठामा गएर छानोसँगैको बिममा गलबन्दीको पासो लगाएर झुन्डिएका थिए । डिएलएफ फेज, फेज १ मा सञ्चालित एक गेस्ट हाउसका प्रवन्धक जीवनाथ विकका अनुसार केशवले काम गर्ने घर मालिकले पनि छिमेकीले आफ्नो कामदारलाई कुटपिट गरेकामा तत्कालै आपत्ति जनाएका थिए ।

मृतक केशवका दाइको पनि केही महिनाअघि सडक दुर्घटनामा ज्यान गएको थियो । उनकी आमा र भाइबहिनी गुल्मी गाउँमा ज्यालादारी काम गरेर जीवीकोपार्जन गरिरहेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.