साउथ अफ्रिकाको डर्बानमा एक नेपाली युवा अलपत्र
SHARE THIS POST :

साउथ अफ्रिका–नेपाल ताप्लेजुङ घर भएका नैना कुमार सान्बा लिम्बु साउथ अफ्रिकाको डर्बानमा अलपत्र परेका छन् । सात महिनाअघि अवैध रुपमा रोजगारीका लागि त्यहाँ पुगेका उनीसँगै जाने नेपाली साथीसँग झगडा भएको थियो ।

साथीसँग झगडा भएको कारण उनलाई त्यहाँका स्थानीय गुण्डाहरु लगाई ज्यान मार्ने धम्की दिएकाले लुकेर बसेका छन् ।उनले तुरुन्त नेपाल फिर्ता जान चाहेको र सहयोगका लागि अनुरोध गरेकाले गैर आवासीय नेपाली संघले यसका लागि पहल शुरु गरेको छ ।

उनीसँग फोनमा कुरा गर्दा उनको स्थिति असहज रहेको र यसबारेमा संघका कोषाध्यक्ष हिक्मत थापाले साउथ अफ्रिकास्थित नेपाली दुतावासलाई सहयोगको लागि अनुरोध गरेको जानकारी संघका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले गराएको जानकारी दिए । उनले भने संघको साउथ अफ्रिका राष्ट्रिय समिति र स्थानीय एनआरएनहरुसंग पनि सहयोगका लागि पहल भैराखेको छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.