माघको जाडोमा प्रियंका कार्कीले पोष्ट गरिन् स्विमिङ गरिरहेको हट फोटो
SHARE THIS POST :


काठमाडौं । नेपाली फिल्मी क्षेत्रमा प्रवेश गरेदेखि नै नायिका प्रियंंका कार्कीको चर्चा हुँदैआएको हो । विभिन्नकारणले उनको चर्चा हुँदैआयो ।   पछिल्लो समय आफैँले गाएको गीतमा वानपिसमा मोडलिङ समेत गरिन् । उनले गाएको गीतको जति चर्चा भयो त्यो भन्दा धेरै उनको पहिरनको चर्चा भयो ।   आफ्नै मुख्य अभिनय रहेको चलचित्र ‘फन्को’ को प्रचारवाजीका लगि पनि होला सायद् विभिन्न फन्डा मच्चाएकी छिन् कार्कीले ।   


पछिल्लो शुक्रबार आफ्नो फेसबुकमा प्रियंकाले पोष्ट गरेको एउटा तस्वीरको अहिले खुबै चर्चा भएको छ ।  माघको जाडोमा प्रियंकाले स्विमिङ पूलमा पौडँदै गरेको एउटा ‘हट’ तस्वीर सार्वजनिक गरेपछि चर्चा बढेको हो ।   उनका फ्यानहरुले भने सो तस्वीरमाथि विभिन्न खालका प्रतिक्रिया दिएका छन् । कमेन्ट गर्नेहरुमध्धेरैजसोले त उनलाई नकारात्मक टिप्पणी गरेका छन् । कतिपयले अश्लिल शब्दको प्रयोग गर्दै चारित्रमाथि नै प्रश्न गरेका छन् ।   भलै प्रियंकाको यस्तो पहिलो तस्वीर भने होइन । तर यस्तो जाडो मौसममा अचानक स्विमिङ गरिरहेको तस्वीर सार्वजनिक गर्नुले भने उनको फन्डावाजीकै रुपमा ब्याख्या गरेका छन् । 

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.