विश्व बुर्किना फासोमा बन्दुकधारीकाे आक्रमण, कम्तिमा २० को मृत्यु
SHARE THIS POST :



माघ २, २०७२- बुर्किनाफासोको राजधानी क्वागादुगुमा भएको आतंककारी आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ । क्वागादुगुस्थित विदेशीहरु बसेको होटलमा बन्दुधकारीहरुले आक्रमण गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार होटल बाहिर कार बिस्फोट गराउदै होटल छिरेका केही बन्दुकधारीले होटलमा रहेकाहरुलाई नियन्त्रणमा लिएर हत्या गरेका थिए ।

त्यहास्थित फ्रान्सेली राजदुत गिलेस थिबोल्टले ट्टीटमार्फत होटलमा बन्धक पारिएकाहरुलाई छुटाउने प्रयास जारी राखिएको बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार होटलको केहीभागमा आगलागी भइरहेको छ ।

स्थानीय अस्पतालका प्रमुख रोबोर्ट सांगारेका अनुसार कम्तिमा २० जनाको हत्या भएको छ र १५ जना घाइते भएका छन् ।

अलक्वेदाको इन द इस्लामिक माग्रेबले घटना आफूले गराएको दाबी गरेको छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.