सरकारले समानान्तर कालोबजारी गर्‍यो : राणा
SHARE THIS POST :

२७ पुस, भक्तपुर । नेपाल तरुण दलका अध्यक्ष एवं सभासद् उदय शमशेर राणाले नाकाबन्दीका नाममा सरकारले समानान्तर कालोबजारी गरेको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको साक्षात्कारमा सभासद् जबराले नाकाबन्दीका नाममा सरकारले नै समानान्तर कालोबजारी सञ्चालन गरेर नेपालीलाई दुःख दिएको आरोप लगाए ।
नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा प्रमुख पदाधिकारीमा युवा पुस्ताको आगमन नहुने भन्दै पुरानै मुहार हाबी भएता पनि अघिल्लै महाधिवेशनमा गरेको प्रतिबद्धता अनुसार कोइराला सभापति नहुने उनले दाबी गरे ।
नेपाली कांग्रेसको आसन्न महाधिवेशन सम्पन्न नभएसम्म वर्तमान सरकार ढाल्ने र निर्माण गर्ने खेलमा पार्टी नलाग्ने उनले स्पष्ट पारे । महाधिवेशन पछि नेपाली कांग्रेस पनि सरकार परिवर्तनमा नयाँ सोचका साथ लाग्ने उनको भनाइ थियो ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.