पुस २७ मा पृथ्वीनारायणको यसरी गरियो सम्झना
SHARE THIS POST :

२७ पुस, काठमाडौं । सरकारले सार्बजनिक विदा नदिए पनि नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९४ औं जन्मजयन्ती सोमबार बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।
विगतमा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइन्थ्यो । तर २०६३ पछि दिवस मनाउन छोडिएको थियो ।
सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको पहलमा विभिन्न संघसंस्थाहरुले पृथ्वी जयन्ती मनाएका छन् । प्रतिष्ठानको अगुवाइमा बिहान सिंहदरबारस्थित पृथ्वीनारायण शाहको शालिकदेखि प्रज्ञा भवन कमभलादीसम्म प्रभातफेरी आयोजना गरिएको छ । शालिकमा उपप्रधानमन्त्री एवम् राप्रपा नेपालका अध्यक्ष कमल थापाले माल्यार्पणसमेत गरे ।

प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी, राजनीतिकर्मी, व्यवसायी, स्काउट, विद्यार्थी तथा सर्बसाधारणको सहभागीता थियो । बग्गीमा पृथ्वीनारायण शाहको तस्वीर राखिएर नगर परिक्रमा गरिएको थियो । प्रभातफेरीमा सहभागीहरुले पनि पृथ्वी नारायण शाहको तस्वीर र राष्ट्रिय झण्डा हातमा लिएका थिए ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.