फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना
SHARE THIS POST :

काठमाडौं : सम्पर्कबिहिन रहेको फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको पुष्टि भएको छ। गोरखाबाट सुत्केरी लिएर काठमाडौं आउँदै गरेको अवस्थामा सम्पर्कबिहिन भएको थियो।

सम्पर्कबिहिन भएको हेलिकोप्टर दुर्घटना परेको बताइएको छ। नुवाकोटको मदनपुर पाखुरेमा दुर्घटनाग्रस्त भएको स्थानीय प्रशासनले जनाएको छ। नजिकैको डाँडामा ठोक्किएपछि आगो लागेको स्थानीयले बताएका छन्। बादलभित्र छिरेपछि निस्कने क्रममा डाँडामा ठोक्किएको बताइएको छ।
हेलिकोप्टरमा चालकसहित पाँचजना सवार थिए। फिस्टेलको नाइन एनएके ए हेलिकोप्टर सम्पर्कबिहिन भएको फिस्टेल एयरले समेत पुष्टी गरिसकेको छ । हराएको हेलिकोप्टरको उद्धारका लागि फिस्टेलले अर्को हेलिकोप्टर पठाएको छ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.