दुर्घटना भएको विमानमा मृत्यु हुने हरुको नामावली यस प्रकार छन् .. .हेर्नुहोस नामावली सहित >>>
SHARE THIS POST :

काठमाडौँ -गोरखाबाट काठमाण्डौका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेल्कोट गाविसस्थित बेतिनी जंगलका दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी हेलिकप्टरमा सवार ७ जनाको मृत्यु भएको छ ।


नाईन एनएकेए कल साईन भएको उक्त हेलिकोप्टर सोमबार दिउसो नुवाकोटको बेतिनी जंगलमा दुर्घटनाग्रस्त भएको खबर प्राप्त भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताए । उनका अनुसार घटनास्थलतर्फ अहिले सुरक्षाकर्मीतर्फ पठाइसकिएको बताए ।मदनपुर ९ मा धुवा आईरहेको देखिएको नुवाकोटका एसपि देवबहादुर बोहोराले पनि बताए । ‘हामीले मदनपुर ९ मा धुवा आईरहेको देखिरहेका छौँ’ बोहोराले रातोपाटीसंग भने ‘डिएसपि ऋषिराम सापको नेतृत्वको टोली पुगीसकेको छ, हामी पनि जाँदैछौँ ।पाईलट रञ्जन लिम्बुले चलाएको हेलिकोप्टरमा चालक सहित ७ जना रहेको गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पुष्टि गरे । फिस्टेल एयरका अपरेशन एन सेल्स शाखाका रमेश शिवाकोटीले नुवाकोट आउँदासम्म सम्पर्कमा भएको हेलिकोप्टर त्यसपछि सम्पर्क बिहीन भएको रातोपाटीलाई बताए । गोरखाबाट बिरामी लिएर उडेको हेलिकोप्टर गोरखाको सिर्दीबास -८ फिलिमबाट सुत्केरी लिएर काठमाडौंका लागी उडेको थियो । गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार सोमबार मध्यान्ह ११ः४५ मा हेलिकप्टर काठमाडौंका लागि उडेको थियो ।
को–को थिए हेलिकप्टरमा ?
गोरखाका एसपी जनक पाण्डेका अनुसार वर्ष ६० का कितमान गुरुङ, वर्ष ५६ की अज्ञानी गुरुङ, वर्ष १९ की प्रिति गुरुङ, प्रितिकी ५ दिनका छोरा सवार थिए । यस्तै फेज नामक गैरसरकारी संस्थामा कार्यरत इटहरीकी २२ वर्षीया निशा तामाङ र अर्की लक्ष्मी गुरुङ पनि हेलिकप्टरमा सवार थिए भने हेलिकप्टर पाइलट रञ्जन लिम्बुले उडाएका थिए । दुर्घटनास्थलको तस्विर : हरी सापकाेटा

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.