मलेसियामा गायक राजेश पायल राईले कर्यक्रम स्थलमै दर्शक कुटे....हेर्नुहोस्
SHARE THIS POST :

मलेसिया । भर्खरै स्टार बनेकी तेरिया मगरलाई मात्रै सम्मान गरी आफूलाई वेवास्ता गरेको भन्दै चर्चित गायक राजेशपायल राईले रिस देखाएपछि मलेसियामा नेपाली समुदायबीच झडप भएको छ ।


मलेसियामा नेपाल आदिवासी जनजाति महासंघले डिआइडी लिटिल मास्टर्सको उपाधि जितेकी नेपाली कलाकार तेरिया मगरलार्इ सम्मान गरेको तर आफुलार्इ नगरेको भन्दै राजेशपायलले होहल्ला गरेपछि उत्पन्न विवादले झडपको रुप लिएको हो ।
जनजाति महासंघले आइतबार राति राजधानी क्वलालाम्पुरमाको खुकुरी रेष्टुरेण्टमा तेरियालाई सम्मान कार्यक्रम राखेको थियो । तर, राजेशपायलले आफु वरिष्ठ भन्दै आफुलाई नै पहिलो सम्मान हुनुपर्ने बताएपछि विवादसंगै झडप भएको कार्यक्रमका प्रत्यक्षदर्शी रुपन्देही रुद्रपुरका टीका श्रीसले जानकारी दिए ।
राजेशले सम्मान खोज्दै होहल्ला गरेर कलाकारको जस्तो ब्यवहार नगरेको सम्मान कार्यक्रमको आयोजक आदिवासी जनजाति महासंघका अध्यक्ष सुन्दर आलेमगरले बताए ।
उनका अनुसार त्यहाँ तेरियालार्इ मात्र सम्मान गर्ने पूर्व निर्धारित कार्यक्रम थियो । सम्मान नपाएपछि रिसाएका राजेशले कार्यक्रम छाडेर गाडीमा गर्इ बसेको र सांस्कृतिक कार्यक्रमको स्थानीय संयोजक तामिल मूलको ब्यक्ति लगाएर धम्क्याएको आलेले बताए ।
त्यसपछि तामिल सवारी चालकहरुले तयारी अवस्थामा राखिएको खाना फालिदिएको र केही व्यक्तिको पासपोर्ट समेत नियन्त्रणमा लिएको श्रीसले बताए । जनजाति महासंघका सदस्यहरुले राजेशपायल कै निर्दैशनमा तामिल सवारी चालकहरुले भिडन्तको अवस्था सिर्जना गरेको आरोप लगाएका छन् ।
कार्यक्रममा तेरियाको रिस गरेका रार्इले आफ्नो फेसबुक पेजमा भने टेरियासँगै बसेको तस्बिर अपलोड गरेका छन् ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.