Breaking News, कब्जा गरिएको जमिन खाली गराउने क्रममा झडप, एक एसपी सहित १२ जनाको मृत्यु क्षतिको विवरण आउन बाँकी पुरा पढ्नुहोस
SHARE THIS POST :

मिडिया एनपी, काठमाडौ, २१ जेठ । भारतको उत्तर प्रदेशस्थित मथुरामा अवैध रुपमा कब्जा गरिएको सरकारी जमिन खाली गराउने क्रममा भएको झडपका कारण एक एसपी सहित १४ जनाको मृत्यु भएको छ ।


मधुराको जवाहर बागमा सरकारी जमिन कब्जा गरिबसेका मानिसहरुलाई हटाउन बिहीबार राति पुगेको प्रहरी टोली माथि स्थानीयले आक्रमण गर्दा पुलिस अधिक्षक (एसपी सिटी) मुकुल द्विवेदी, थानाध्यक्ष सन्तोषकुमार यादवसहित १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यो घटनामा दर्जनौं प्रहरी र स्थानीय घाइते भएको बताइएको छ ।

बस्ती खाली गराउने पुगेको प्रहरी र स्थानीयबीच झडप भइरहँदा गोली चलेपछि उक्त हताहती भएको बीबीसीले उल्लेख गरेको छ । सो घटना पछि जवाहर बागमा जमिन अतिक्रमण गर्नेहरुको नेता रामवृक्ष यादव र उनका साथीहरु फरार रहेका छन् । जमिन अतिक्रमण गरि बसेकाहरु मध्ये धेरैलाई नियन्त्रणमा लिएको भारतीय प्रहरीले जनाएको छ ।

उक्त घटनाको छानबिनका लागि प्रदेश सरकारले छानबिन थालेको छ । पछिल्लो तीन वर्ष देखि जवाहरबाग क्षेत्रको सरकारी जग्गा अतिक्रमण गरेको बसेको बस्तीमा ‘आजाद भारत विधिक बैचारिक सत्याग्रही’ नामको संगठनको प्रभाव छ । बिहीबार सम्ममा सो स्थान छाड्न प्रशासनले दिएको निर्देशनलाई अवज्ञा गरेपछि राति पुगेको प्रहरीमाथि सो आक्रमण भएको हो ।

यसैबीच, मुख्यमन्त्री अखिलेश यादवले मृतक प्रहरीलाई सहिद घोषणा गर्दै २० लाख रुपैयाँ राहत दिने बताएका छन् ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.