दरबार हत्याकाण्डबारे बोले राजा विरेन्द्रका अंगरक्षक, कसको संलग्नता थियो ?
SHARE THIS POST :

२०५८ साल जेठ १८ गतेको दरबार हत्याकाण्डबारे तत्कालिन राजा विरेन्द्र शाहका अंगरक्षक एवं नेपाली सेनाका पूर्व रथी टीका धमलाले सनसनीपूर्ण वयान दिएका छन् ।

उनले युवराज दीपेन्द्रले राक्षसी शैलीले राजदरबार हत्याकाण्ड घटाएको भन्दै त्यस दिनबाट देशमा साँढे सातको दशा सुरु भएको बताए ।

पत्रकार दीपक धितालसँगको अन्तर्वार्तामा उनले जतिसुकै अनुसन्धान र खोज गरिएपनि दीपेन्द्र बाहेक अरु कोही दोषी देखिदैन, अदृश्य विदेशी शक्ति हुन सक्छ तर त्यसबारे मलाई थाहा छैन भनेका छन् ।

‘दीपेन्द्र नमरेर राजा भएको भए म उहाँलाई राजा ठान्दैनथें । म देश छोडेर हिंड्थे,’ उनले भनेका छन्

रक्तकुण्ड किताबमा भएका सबै कुरा कपोल्कल्पित हो भन्दै ती लेखकलाई विचरा भन्नु बाहेक मेरो भन्नु केहि छैन भनेका छन् ।

‘देशमा कुनै न कुनै प्रकारको राजसंस्था रहनुपथ्र्यो । आज देश अद्योगतिमा जानुको कारण राजसंस्था नभएर हो’ उनले अगाडि भने ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.