भातको माड यी रोगकालागि उत्तम औषधी...जानी राखौ
SHARE THIS POST :

काठमाडौँ ।
हामीले पकाउने भातको माडले स्वाथ्यलाई निकै फाइदा दिन्छ । विशेषज्ञहरुका अनुसार माडले छालाको समस्यादेखि पखलालाई समेत निको मार्न मद्दत पुर्याउँछ । भाइरल संक्रमणको बेला वान्ता आउने तथा शरिरमा डिहाइड्रेसन हुने गर्छ ।

भातको माडले डिहाइड्रेसनबाट मात्र जोगाउदैन ज्वरो आउदा गुमाएको आवश्यक पोषण तत्वको पूर्ती गरिदिन्छ भने वान्ता समेत रोक्छ । माड पखलाको उत्तम औषधी हो ।  बालबालिकामा लाग्ने पखला रोक्न भातको पानी निकै प्रभावकारी औषधी हो । यो पानीले बालबालिकाको पेट गढबढ हुने पक्रियालाई नियन्त्रण गरी आनन्द प्रदान गर्छ । पखला लाग्दा शरिरबाट अत्यधिक पानी जाने भएकोले भातको पानीले पूर्ती गरिदिन्छ ।

भातको पानीमा मा एउटा स्वभाविक चिस्याउने तत्व हुने भएकोले सूर्यको प्रकाशले डढेको छालालाई चिस्याउन र जलन रोक्न भातको पानी प्रभावकारी उपाय हुन सक्छ ।

दादुरा र विमिरा निको पार्छ भातको माडमा हुने कार्बोहाइड्रेडले दादुरा र शरिरमा आउने बिमिरा र घाउ निको पार्न सहयोग पु¥याउछ । चिस्याएको भातको माडमा एउटा कटनको टुक्रा भिजाएर लगाउदा शरिरका विमिरा र दादुरालाई निको पार्छ ।

भातको पानीमा हुने फाइबरले पेट दुख्ने र पाचनसँग सम्बन्धित अन्य समस्यालाई समाधान गरिदिन्छ । पेट डुम्म भयो वा शौच गर्न समस्या भएमा दैनिक एक गिलास भातको माड खाँदा कब्जियतबाट मुक्ति मिल्छ । भातको माडलाई अनुहारमा लेपन लगाउदा अनुहार सफा र चम्किलो हुन्छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.