ल हेर्नुहोस मनिषा घर्तीको मृत्युबारे यथार्थ सबैको अगाडी सावर्जनिक गरियो, पुरा जानकारी पढ्नुहोस
SHARE THIS POST :

काठमाडौैं, १३ जेठ । राष्ट्रिय फुटबल टोलीका प्रमुख स्ट्राइकर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीको हत्या भएको छ । नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद चौधरीका अनुसार कक्षा ११ को परीक्षा दिएर घरमा एक्लै रहेकी १७ वर्षीय मनिषा बुधबार राति नवलपरासीको बर्दघाट ८ स्थित आफ्नै घरमा मृत भेटिएकी हुन् । उनको घाँटीमा कसैले थिचेको जस्तो दाग देखिएको र कोठामा रगतका छिटा पनि भेटिएको छ ।


जसबाट उनको हत्या भएको देखाउँछ । एसपी चौधरीले पोस्टमार्टमको रिपोर्ट नआई हत्या नै गरेको हो भन्न नसकिने बताए । उनले भने– ‘पोस्टमार्टमको रिपोर्टपछि हत्या हो वा आत्महत्या सबै खुल्छ । हामी अनुसन्धानमै छौं ।’ प्रहरीको सोधपुछमा छिमेकीले ‘बुधबार राति मनिषा घरमा एक्लै थिइन् । उनकी आमा बुटबल गएकी थिइन् । त्यही बेला दुई जना युवक उनको घरमा आएको र झगडा भएको थियो । झगडा गरेर युवाहरु बाहिरिएपछि विहान मनिषा मृत भेटिइन्’ भन्ने जानकारी दिएको एसपी चौधरीले बताए । घटनाका बारेमा बेल्जियममा रहेका बिमल घर्तीलाई पनि जानकारी गराईएको छ । यस्तो हुनसक्छ घटनाको कारण, प्रेमी समातिए छिमेकीकै वयानलाई आधार मान्दै प्रहरीले घटनामा संलग्न भएको अभियोगमा आशिष चौधरीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका आशिष मनिषाका प्रेमी भएको खुल्न आएको छ । आशिष र मनिषाबीच प्रेम सम्बन्ध रहेको र त्यसकै कारण हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । एसपी चौधरीले मनिषाको हत्या प्रेमीबाटै भएको हुनसक्ने आशंकामा अनुसन्धान सुरु गरिएको बताए । मनिषाको शव अहिले परासीस्थित अस्पतालमा राखेर पोस्टमार्टम गरिँदैछ । दैनिक नेपालले खबर छापेको छ |

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.