मन्दिरमा चढाईने बालिकाको कथा बृत्तचित्रमा (भिडियो सहित)
SHARE THIS POST :

मिडिया एनपी, काठमाडौं, २० चैत्र । सुदुरपश्चिमको विभिन्न शक्तिपीठमा बालिकालाई देउकीको रुपमा दास बनाएर राख्ने प्रचलनलाई देबकी विष्टले वृत्तचित्रमा उतारेकी छन् । ‘देबकी इन सर्च अफ देवी’ नामको वृत्तचित्रमा धर्मका नाममा समाजमा रहेका सामन्ती वर्गले कसरी एउटा गरिवको छोरी किनेर ढुङ्गाको मुर्तीसाग जीवन जीउन बाध्य बनाउछ भन्ने तथ्यहरु समेटिएको छ ।
सञ्चारकर्मी देबकी विष्टले निर्देशन गरेको अनुसन्धानमूलक वृत्तचित्रमा बैतडी जिल्लाका रहेका सातवटा देवीका शक्तीपीठ र महादेवका मन्दिरमा कायम रहेको देउकी प्रथाका केहि तथ्यहरुलाई प्रस्तुत गरिएको छ । प्राचिनकालमा १ रूपैयाँबाट सुरु भएको देउकी र देउको मुल्य अहिले आएर ७ देखि ८ लाख पुगेको छ ।
विशेषगरी डोटी, डडेल्धुरा, दार्चूला, बैतडी र बाजुरामा यो देउकी र देउको प्रथा कायम रहेको पाइन्छ । वृत्तचित्र बैशाखको पहिलो साता रिलिज हुने छ । मण्डला अनलाइन नेपालले निर्माण गरेको वृत्तचित्रमा अनुसन्धानका क्रममा खिचिएका प्रमाणहरु प्रस्तुत गरिएको निर्देशक विष्टले बताएकी छिन् ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.