माओवादी फुटेर नयाँ पार्टी घोषणा
SHARE THIS POST :

दाङ, एकीकृत नेकपा (माओवादी)ले क्रान्तिलाई धोका दिएको भन्दै एकीकृत नेकपा (माओवादी)का पूर्व पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओलीले नयाँ पार्टी घोषणा गर्नुभएको छ ।

आज घोराहीमा पत्रकार सम्मेलन गरेर यस अगाडि एमाओवादीबाट परित्याग गरी अलग हुनु भएका नेता ओलीले नयाँ कम्युनिस्ट पार्टी कम्युनिस्ट न्युक्लियस केन्द्र नेपालको घोषणा गर्नुभएको हो ।

क्रान्तिलाई पूरा नगरी एमाओवादीले धोका दिएपछि क्रान्तिकारी शक्तिको नेतृत्व गर्न आफूले नयाँ पार्टी घोषणा गर्नुपरेको उहाँले बताउनुभयो । कम्युनिस्ट क्रान्तिकारीको धुर्वीकरण आवश्यक रहेको भन्दै उहाँले आफू नेतृत्व नयाँ पार्टीले क्रान्तिको नेतृत्व गर्न सक्ने दाबी गर्नुभयो ।

नेता ओलीको अध्यक्षतामा दुई सदस्यपछि थप्ने गरी ११ सदस्यीय पार्टीको केन्द्रीय कमिटी गठन गरिएको छ । नवगठित पार्टीको केन्द्रीय कमिटीमा विकास शर्मा, डा ऋषिराज बराल, रमेश पुन, विमर्श शर्मा, शेरकुमार खड्का, मनप्रसाद श्रेष्ठ, तीर्थ वली र धनबहादुर वली रहनुभएको छ ।

एमाओवादी नेता, पूर्व जनमुक्ति सेनाका कमाण्डरको हालै दाङमा सम्पन्न भेलाले नयाँ पार्टीको निर्माण गरेको हो । पार्टीलाई छिट्टै विस्तार गरेर अघि बढाइने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । रासस

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.