गीत गाउँदा गाउँदै ‘गायक’ले आफ्नै कन्चटमा गोली हानेपछि…
SHARE THIS POST :

एजेन्सी । अधिकांश मानिसहरु हाँसोमजाक गर्छन् तर, कुनै कुनै बेला हाँसोमजाककै कारण मानिसको ज्यान पनि जाने गर्छ ।यस्तै घटना भोपालको जबलपुर जिल्लामा पनि भएको छ । २६ वर्षीय एक युवकले फिल्म ‘सत्या’को गीत ‘गोली मार भेजे में’ गाउँदा गाउँदै आफ्नै कन्चटमा गोली हानेका छन् । घटना भारतको हो ।यो घटनापछि ती युवकलाई तुरन्त जिल्ला अस्पताल लगियो जहाँ डक्टरले उनलाई मृत घोषित गरे । मृतकको नामको वीरेन्द्र शर्मा । उनी स्थानीय गायक पनि भएको बताइएको छ ।


घटना बुधवार रातिको हो । छिमेकीले प्रहरीलाई दिएको सूचनाअनुसार आफ्नो कन्चटमा गोली हान्नुभन्दा पहिला वीरेन्द्रले राम गोपाल वर्माको फिल्म सत्याको गीत गाएका थिए । त्यसको केही समयमै उनले आफैलाई गोली हाने । उनका पिताले राति २ बजे पुलिसलाई घटनाबारे सूचना दिएका थिए ।भोपालका एक पुलिस अधिकारी जे सिंहका अनुसार गीत गाउँदै आफ्नो घरभित्र पसेर वीरेन्द्र श्रीमतीलाई खाना ल्याउन लगाए । आफू भने पेस्तोल समातेर कञ्चट राखेर नक्कल गर्दै थिए, शायद गल्तिले ट्रिगर दाबिएपछि लाडेड पेस्तोलको गोली उनको टाउको भित्र घुस्यो र उनको मृत्यु भयो ।घटना स्थलबाट प्रहरीले एउटा पेस्तोल बरामद गरेको छ । उनका श्रीमती र एक छोरा रहेका छन् । प्रहरीले घटनामा हत्या वा आत्महत्या के हो भनेर छानविन गरिरहेको छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.