विदेशबाट ठूलाे T.V. ल्याउदा कति भन्सार तिर्नु पर्ने ....? पुरा पढ्नुहोस
SHARE THIS POST :

विमानस्थलमा पुग्दा विदेशबाट दसैं मनाउन स्वदेश आउने धेरै नेपालीहरुका साथमा ठूलो सुटकेश ब्यागसहित एलइडी टेलिभिजन देखिन्थ्यो । पछिल्लो समय वैदेशिक रोजगारीबाट घर फर्किंदा आफुलाई मनपर्ने टीभी बोकेर आउनेहरुकाे संख्या बढ्न थालेकाे छ ।



सरकारले वैदेशिक रोजगारीमा गएकालाई ३२ इञ्चसम्मको टिभी ल्याउँदा भन्सार तिर्न नपर्ने व्यवस्था गरेपछि धेरैजसोले फर्किंदा टिभी ल्याउन थालेका हुन् । तर, भन्सार छुटमा टिभी ल्याउन रोजगारीमा गएको प्रमाणपत्र पेश गर्नुपर्ने भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले बताए । ‘विदेशबाट फर्किने सबैलाई टिभीमा भन्सार छुट दिइँदैन, विदेशमा रोजगारी गर्न गएकाले मात्र यस्तो छुट सुविधा पाउँछन्’ महानिर्देशक ढुंगानाले भने- ‘छुट प्राप्त गर्नका लागि वैदेशिक रोजगारीमा गएको एक वर्ष पूरा भएको हुनुपर्छ ।

’ बैदेशिक राेजगारीमा गएकाहरूले ३२ इञ्चसम्मकाे टीभी ल्याउँदा शुल्क नलागे पनि साेभन्दा ठूलाे टीभी बाेकेर अाउने नेपाली कामदारहरूसँग सरकारले ढाड सेकिने गरी कर उठाउने गरेकाे छ । सरकारले वैदेशिक रोजगारीमा गएकालाई राहतस्वरुप ३२ इञ्चसम्मको टिभी ल्याउँदा भन्सार छुट दिन थालेको हो । यसरी टीभी बोकेर आउनेहरुमा अधिकांश मलेसिया, कोरिया तथा खाडी मुलुकमा गएका कामदारहरु हुने गरेको महानिर्देशक ढुंगानाले बताए । उनका अनुसार विदेशबाट ३२ इञ्चको टिभी ल्याउने बढी हुन्छन् ।

 कतिपयले ६५ इञ्चसम्मका पनि टिभी ल्याउने गर्छन् । ६५ इञ्चको टिभी नेपालमा ल्याउँदा ३५ हजार ७५० रुपैयाँ भन्सार बुझाउनुपर्छ । वैदेशिक रोजगारीमा गएर एक वर्ष पूरा नहुँदै फर्किने कामदारले पनि भन्सार छुट नपाउने ढुंगाना बताउँछन् । उनका अनुसार विदेशमा पढ्न गएका वा उतै बसोबास गर्नेहरुले पनि यस्तो छुट पाउँदैनन् । TV (10) सरकारले ३२ इञ्चसम्मको टिभीमा मात्र भन्सार छुट दिन्छ ।

 तर, त्योभन्दा माथिको टीभी ल्याउँदा कामदारले पनि प्रतिइञ्च ५५० रुपैयाँको दरले भन्सार बुझाउनुपर्ने महानिर्देशक ढुंगानाले जानकारी दिए । पढाइ तथा अन्य कामको शिलशिलामा विदेश गएका नेपालीले टीभी ल्याउँदा सबै साइजमा प्रतिइञ्च ५५० रुपैयाँ बुझाउनुपर्छ । अन्य शिलशिलामा विदेश गएका नेपालीले ३२ इञ्च भन्दा ठूलाे टेलिभिजन ल्याउँदा सरकारलार्इ १७ हजार ६ सय रुपैयाँ भन्सार बुझाउनुपर्छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.