भारतमा भूकम्पको ठूलो झड्का, नेपालमा पनि भयो महसुस
SHARE THIS POST :

काठमाडाैं-भारतको मानिपुर केन्द्र बनाएर अाएको ठूलो भूकम्पले राजधानी काठमाडाैं लगायत नेपालका पूर्वी र पश्चिम भागेका जिल्लाहरूमा समेत धक्का दिएको छ। सोमवार विहान ४ बजेर ५३ मिनेटमा भारतको मनिपुर केन्द्रविन्दु पारेर ६ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जानकारी दिएको छ। nepali-patro भारतीय सञ्चार माध्यमले भूकम्पले पारेको प्रभावकाबारे विवरणहरू दिएका छन्। भारतका

प्रधानमन्त्री नरेन्द्र मोदीले प्रभावित क्षेत्रका जनतालाइ तत्काल राहत र उद्दारको अभियान चलाउन निर्देशन दिएका छन्। भूकम्पले भारतका असाम, बिहार, मणिपुर, गुवाहाटी, डिब्रूगढलगायत पूर्वोत्तर भारतमा बढी असर गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रारम्भिक विवरण अनुसार भूकम्पका कारण केहीको ज्यान गएको छ भने केही घाइते भएका छन्। उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। भूकम्पले नेपालका पूर्वी भेगका जिल्ला बढी हल्लाएको छ भने पश्चिमका जिल्लामा पनि धक्का महसुस भएको विवरण अाएका छन्। राजधानी काठमाडौँमा पनि भूकम्पको धक्का महसुस भएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नेपालका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरेको अनुभुति सामाजिक सञ्जाल मार्फत व्यक्त गरेका छन्। भारतमा भूकम्पले पारेको प्रभावको विस्तृत विवरण अाउन बाँकी छ। -एजेन्सीको सहयोगमा

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.