धरान १५ पिण्डेश्वर चौकमा एक महिला मृत अवस्थामा फेला ।
SHARE THIS POST :

विनय प्रधान
धरान  पौष १८ गते  । धरान १५ पिण्डेश्वर चौकमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
धरान १५ पिण्डेश्वर चौकको एक घरमा लगाइएको तारको जालीलमा अड्एिको अवस्थामा फेला परेपनि धरान प्रहरील जानकारी दिएको छ ।

मृतक धरान उपमहानगरपालिका वडा नं. १५  बाझगराकी ३५ बर्षीय चनमति मगर भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक रमेश श्रेष्ठले जानकारी दिनुभयो । बाटोको छेउमा काडे तारमा झुण्डिरहेको अवस्थामा शव फेला परेको उहाको भनाई छ ।
मृतकको साथबाट मोवाइल र पर्स समेत भेटिएको उहाको भनाई छ । रातको समयमा मादक पदार्थ सेवन गरी लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेपनि यस विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्ष्ँक श्रेष्ठले बताउनुभयो । बोली नआउने मृतक मगर केही समय अगाडिदेखि धरानका विभिन्न स्थानमा भेटिने गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । मृतक मगरको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.