डाक्टरी पढ्दै गरेका युवतीहरू होटेलमा नाङ्गै भेटिएपछि ...
SHARE THIS POST :

भारतको त्रिपुरामा पुलिसले सेक्स कारोबारमा संलग्न मेडिकल विषयमा अध्ययनरत युवतीहरूलाई पक्राउ गरेको छ । पक्राउ परेका ३४ जनामध्ये २० जना युवती छन् । उनीहरू डाक्टर विषयमा अध्ययनरत हुन् । गोप्य सूचनाका आधारमा स्थानीय पुलिसले आइतबार राति अगरतलास्थित तीन वटा रेष्टुरेन्टमा छापामारेको थियो । पुलिसले छापामार्ने क्रममा छात्र र छात्रालाई नाङ्गै भइ अश्लील कार्य गर्दै गरेको अवस्थामा पक्राउ गरेको समाचारमा उल्लेख छ । पक्राउ परेका छात्रामा नेशनल इन्स्टीट्यूट अफ टेक्नोलोजी, अगरतला गभर्मेन्टमा अध्ययनरत युवती धेरै छन् । त्यसमध्ये नर्सिङ इन्स्टीट्यूटमा अध्ययनरत युवती पनि रहेको प्रहरीले जनाएको छ । पक्राउ परेको युवतीहरू १७ वर्ष उमेरका छन् । पक्राउ परेका छात्र र छात्रालाई प्रहरीले अदालतमा पेश गरेर कारबाही सुरु गरेको छ । अदालतले ३२ जनालाई न्यायिध हिरासतमा राख्न प्रहरीलाई आदेश दिएको छ । दुई जना युवतीको उमेर १८ वर्षभन्दा कम भएका कारण उनीहरूलाई जवेनाइल होममा पठाइएको पश्चिम त्रिपुरा जिल्लाका पुलिस प्रमुख बिजाय नागले पढ्न आएका युवा र युवतीले अध्ययनलाई छाडेर सेक्स धन्दामा लागेको भन्दै कारबाही गरिने बताएका छन् । एजेन्सीको सहयोगमा/फाइल तस्बिर ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.