कलियुगमा यस्तो पनिः बाबुले आफ्नै छोरीलाई श्रीमती बनाए, छोरीबाटै ७ सन्तान जन्माए !
SHARE THIS POST :

एजेन्सी । अर्जेन्टिनाका एक पुरुष आफ्नै छोरीलाई श्रीमती बनाएर दुई दशकसम्म बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।समाचार संस्थाका अनुसार छोरीले २२ वर्षको अवधिमा आफ्नै पिताका ७ बच्चालाई पनि जन्म दिएको खुलासा भएको छ ।



विदेशी पत्रिका ईएल ट्रिब्यूनोमा छापिएको समाचार अनुसार ५६ वर्षीय यी पुरुषलाई तब पक्राउ गरियो जब छोरी (अहिले ३१ वर्षीया श्रीमती)ले आफ्नो एक छोराका लागि मेडिकल अपाइन्टमेन्ट गरिन् । जब डक्टरले महिलासँग बच्चाको बाबुको बारेमा सोध्दा उनले बताइन् बच्चा उनकै बाबुको हो ।

त्यसपछि अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेका थिए । महिलाले प्रहरीका अगाडि यो कुरा स्वीकार गरिन् कि उनी ९ वर्षको उमेरकी हुँदादेखि उनका बाबुले जबरजस्ती सेक्स र श्रीमतीको सम्बन्ध बनाएका थिए । ९ वर्षको उमेरदेखि अहिलेसम्म उनले ७ सन्तानलाई जन्म दिएकी छिन् । आमाको मृत्युपछि बाबुले अब तिमी नै मेरी श्रीमती हौं, आमाको ठाउँ अब तिमीले लिनुपर्छ भनेर उनको यौन शोषण गर्न सुरु गरेका थिए ।

यौनपिपाशु बाबु उनलाई बेला बेला धम्की र चरम यातना समेत दिन्थे । बाहिर अथवा छिमेकीसँग कुरा गरेको थाहा पाए फलामको डण्डाले पिट्थे र मारिदिने धम्कीसम्म दिन्थे ।पीडित महिलाको वयानपछि प्रहरीले बाबुका नाममा कलंक पुरुषलाई पक्राउ गरेको छ । यो घटना अर्जेन्टिनास्थित लास टेरमस दे रियो होण्डा गाउँको हो ।




Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.