रँगोलीमा दोहोरो झडप, प्रहरीको गोली लागेर एक ५८ बर्षिया महिलाको मृत्यु
SHARE THIS POST :

मोरङ । मोरङको रंगेलीमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एक महिलाको मृत्यु भएको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको हो ।

प्रहरीले मृतकको शव कोशी अञ्चल अस्पतालमा पुर्याएको छ । तर, उनको सनाखत हुन सकेको छैन ।

मधेसी मोर्चाका कार्यकर्ताले रंगेलीमा एमालेको सभा विथाल्ने खोजेपछि स्थिति तनावग्रस्त भएको थियो । झडपका क्रममा प्रहरीले अश्रुग्यास तथा हवाइ फायर गरेको छ । प्रहरीले झण्डै ४० राउण्ड हवाइ फायर गरेको छ ।

युवा संघले गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली जाने भनेपछि मोर्चाले प्रदर्शन सुरु गरेको थियो । एमाले अध्यक्ष समेत रहेका ओलीको सट्टा एमाले महासचिव इश्वर पोखरेल कार्यक्रममा उपस्थित थिए । श्रोतः अनलाइनखबर

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.