भागबण्डा मिलाउन ठूला मन्त्रालय फुटाउने सरकारको तयारी -
SHARE THIS POST :

९ पुस,काठमाडौं । सरकारले साझेदार दलहरुको भागबण्डा मिलाउन केही मन्त्रालय फुटाउने तयारी गरेको छ ।
सचिवहरुको क्लस्टर पनि मिलाउने पर्ने र साना दलहरुलाई सरकारमा ल्याउनु पर्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रालय फुटाउने तयारी गरेका हुन् । यसबारे सत्ता साझेदार दलहरुबीच अनौपचारिक छलफल भइरहेको स्रोतले जनाएको छ ।

सत्ता साझेदार दल फोरम लोकतान्त्रिकले अझै एक मन्त्रालय मागिरहेको छ भने । राप्रपाले पनि दुई मन्त्रालय माग गरेको छ । सरकारलाई समर्थन गरेका केही साना दलहरुलाई पनि सरकारमा ल्याउनु पर्ने भएपछि ठूला मन्त्रालय फुटाउनेबारे छलफल भएको हेा ।

सूचना तथा सञ्चार मन्त्रालयमा प्रबिधि थपेर सुशील कोइराला नेतृत्वको सरकारका पालामा प्राबिधिक सचिवको व्यवस्था गरिएको थियो । तर, सञ्चार मन्त्रालयको प्रकृति प्रशासनिक भएकाले त्यहाँ प्रशासनकै सचिव लैजाने तयारीका छ ।

सञ्चार मन्त्रालयमा प्रशासनको सचिव लैजादा प्राविधिक सचिवको एउटा कोटा घट्न नदिन भौतिक पूर्वाधार र निर्माण तथा यातायात मन्त्रालय अलग अलग बनाउनेबारे छलफल भएको छ ।

त्यस्तै संघीय मामिला र स्थानीय विकास मन्त्रालय पनि अलग अलग बनाउने बारे अनौपचारिक छलफल भइरहेको स्रोतले जनाएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने त्यसबारे गठबन्धनभित्र छलफल भए पनि कुनै निष्कर्ष नआएको बताए ।

सम्भवतः दलहरुबीच कुरा मिलेमा बिहीवारै केही मन्त्रालय बिभाजन गरेर मन्त्रिपरिषद बिस्तार गरिनेछ । प्रधानमन्त्रीले गठबन्धनका नेताहरुसँग छलफल गरिरहेका छन् ।

छलफल लम्बिएपछि विहान ९ बजेलाई बोलाइएको मन्त्रिपरिषद् बैठक १ बजेका लागि सरेको छ ।
साँझ ५ बजे भने केही मन्त्रीको सपथको तयारी छ । साना दलका नेताहरुलाई सपथका लागि ५ बजे तयार भएर बस्न प्रधानमन्त्रीको निजी सचिवालयबाट खबर गरिएको छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.