दिल्ली पुगेर कमल थापाले भने रोटीबेटीको सम्बन्ध भन्ने, आपूर्ति बन्द गर्ने ?
SHARE THIS POST :

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारतको व्यवहारले दुई देशबीचको सम्बन्धको गलत परीक्षण भएको बताएका छन् । रोटीबेटीको सम्बन्ध भन्ने तर आपूर्ति बन्द गर्ने भारतको नियत ठीक नभएको थापाको भनाइ छ ।


बेंग्लोरबाट मंगलबार साँझ पौने आठ बजे दिल्ली फर्किएका थापाले नेपाली दूतावासमा आयोजित रात्रिभोजमा भारतीय सांसद तथा भाजपासहितका नेतालाई सम्बोधन गर्दै भारतले वीरगन्जबाहेकका नाका खोल्नुपर्ने बताए । दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले थापाको सम्मानमा भोज आयोजना गरेका थिए ।


भाजपा नेता विजय जोली, सांसद डिपी त्रिपाठी, डी राजा, कम्युनिस्ट पार्टीका नेता सीताराम येंचुरीलगायतका नेताहरूले थापालाई संविधानबारे जिज्ञासा राखेका थिए । भाजपाका नेताले भने मधेसीहरूको आन्दोलनको बचाउ गर्दै छिटो समाधान खोज्न आग्रह गरेका थिए । थापाले बुधबार विदेशमन्त्री सुषमा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । तर, समयबारे अबेरसम्म दूतावासले विस्तृतमा बताएको छैन ।

नेपाल र भारतको सम्बन्ध रोटीबेटीको छ, यो सही हो । तर, राजनीतिका कारण जनताले दु:ख पाउने स्वाभाविक हुँदैन । राजनीतिक कारण देखाएर आपूर्ति रोकिदैन । त्यसकारण म र सरकारको एउटै धारणा छ, खुलेका नाकाबाट आपूर्ति सुचारु गरिदिनुस्, सहयोग गरिदिनुस् । यति भयो भने सोचेभन्दा बढी सहयोग हुन्छ । नत्र मानवीय संकट उत्पन्न हुने भइसक्यो । आजको नयाँ पत्रिकामा खबर छ

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.