ममी मलाई माफ गरिदिनुहोला । म तपाईंलाई दुःख दिन चाहन्न । त्यसैले म यो झ्यालबाट हाम फालेर आत्महत्या गर्दैछु !!!पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्
SHARE THIS POST :

काठमाडौं, २२ भदौ | उनको नाम विजय, तर बाँच्ने उपाय फेला नपरेपछि जिन्दगीबाटै पराजय हुने बाटो रोजे । गरिब बाआमा र दाजुको दयनीय अवस्था देखेपछि अस्पतालमा बाँच्ने संघर्ष गर्दागर्दै परिवार, आफन्त र चिनेजानेकालाई रुवाउँदै बिदा भए । दुवै मिर्गौला फेल भएर शिक्षण अस्पतालमा उपचार गराइरहेका दोलखाका १९ वर्षका विजय खड्काले मंगलबार अस्पतालमै आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नु अघि आमालाई सम्बोधन गरेर सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन् | उनले आमालाई सम्बोधन गरेर लेखेको मर्मस्पर्शी ‘सुसाइड नोट’ यस्तो छः

‘ममी मलाई माफ गरिदिनुहोला । म तपाईंलाई दुःख दिन चाहन्न । त्यसैले म यो झ्यालबाट हाम फालेर आत्महत्या गर्दैछु । म मरेपछि मलाई यहाँ नजलाउनु होला । मलाई हजुरबुवा र हजुर आमा कहाँ लैजानु होला ।’ त्यसैगरी अग्रेंजीमा आफ्ना बुवालाई भनेका छन्, ‘ड्याड लभ भेरी मच । अर्को जुनी लिएर भेट हुनेछ ।’
पराजयको बाटो रोज्ने विजयको कथा
विजयको डेढ वर्षअघि मिर्गौला फेल भएको थाहा भएको हो । त्यसपछि परिवारले उनलाई डाक्टरकोमा देखाए । डाक्टरले दुवै मिर्गौला फेल भइसकेको हुनाले छिटै प्रत्यारोपण गर्न या डायलोसिस गर्न सुझाव दिए ।
प्रत्यारोपण गर्न तत्काल तीनदेखि चारलाख रुपैयाँ चाहिन्थ्यो । परिवार गरिब भएको हुनाले तत्काल प्रत्यारोपण गर्न सक्ने अवस्था थिएन । प्रत्यारोपण गर्नुअघि डाक्टरकै सल्लाहमा गएको वैशाख १ गतेदेखि उनको शिक्षण अस्पतालमा डायलोसिस सुरु भएको थियो ।
हप्तामा तीनपटक डायलोसिस गर्नुपर्ने हुन्थ्यो । दुईपटक निःशुल्क डायलोसिस भएपनि हप्ताको एकपटक भने घरपरिवारले नै पैसा तिर्दै आएका थिए । विजयका दाजु विनीतका अनुसार एकपटक डायलोसिस गर्दा तीन हजार रुपैयाँ तिर्नुपथ्र्यो ।
डायलोसिसकै लागि काठमाडौंमा डेरा गरेर बस्नुपर्ने भयो । डेरा गरेर बस्दा महिनाको झण्डै २० हजार रुपैंया खर्च हुन्थ्यो । यति धेरै रकम जुटाउने हैसियत नभएका परिवारलाई छोरोको उपचारका लागि ऋण खोज्नुपर्ने बाध्यता भयो । ऋणमाथि ऋण थपिँदै गयो ।
तर जतिसुकै ऋण लागेपनि परिवारका कोही आत्तिएका थिएनन् । ऋण लागेपनि छोरो निको भयो भने त पछि कमाई हाल्छ नि भन्ने आश थियो । ज्यानभन्दा ठूलो धन होइन भन्ने बुझेका परिवारले मिर्गौला प्रत्यारोपणको लागि पनि तयारी गर्दै थिए । आफ्नो छोरालाई मिर्गौला दिन आमा तयार हुनुहुन्थ्यो ।
तर भन्ने बित्तिकै प्रत्यारोपण गर्न सकिँदैनथियो । किनकी मिर्गौला दान गर्ने व्यक्तिको पनि स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्थ्यो । दाइ विनीतका अनुसार मिर्गौला दान गर्न तयार भएकी आमाको स्वास्थ्य परीक्षणमा पनि धेरै खर्च लाग्ने रहेछ । आमाको स्वास्थ्य परीक्षणको लागि पनि रकम जुटाउनुपर्ने भयो । एकातिर विजयको डायलोसिसको शुल्क, अर्कोतर्फ मिर्गौला दान गर्ने आमाको स्वास्थ्य परीक्षणको लागि पनि त्यति नै रकमको आवश्यकता । विजयको उपचारमा रकम थपिंदै गयो ।
आफ्नो उपचारको लागि बाआमा र दाजुले ऋण खोजेर पैसा जुटाउनुपरेको विजयलाई पनि थाहा थियो । उनको उपचारमा परिवार जति चिन्तित थियो, त्योभन्दा बढी चिन्ता चाहिँ विजयलाई परिवारमा ऋणको बोझ थपियो भन्ने भयो । त्यसपछि उनले मन थाम्न सकेनन् । मंगलबार बिहान कुर्न बसेका दाजु निदाएको मौका छोपेर उनी अस्पतालको बेडबाट उठे । अनि तीन तलामाथिको झ्यालबाट हाम फाले ।
गम्भीर घाइते भएका उनलाई तत्काल शिक्षण अस्पतालकै आकस्मिक कक्षमा पु¥याइयो । तर उनलाई डाक्टरले बचाउन सकेनन् । जतिसुकै ऋण लागेपनि छोरोलाई लामो आयु दिन लागेका बुवाआमा र दाजु छाँगाबाट खसेजस्तै भएका छन् । गरीब परिवारमा जन्मिएकै कारण उपचार खर्च जुटाउन नसकेर विजय अल्पआयुमै जिन्दगीबाट हार खाएर संसारबाट बिदा भए ।





उज्यालो अनलाइन बाट

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.