BREAKING : मकालु एयरको विमान हुम्लामा खोलामा खसेर दुर्घटना !
SHARE THIS POST :

हुम्लामा हराएको विमान हिम्लुङ्ग खोलामा भेटिएको छ । सिमिकोट विमानस्थलवाट उडेको १५ मिनेटमै इन्जिनमा समस्या आएपछि जहाजलाई फर्काएर सिमिकोट विमानस्थलमा अवतरण गराउने प्रयास गरेपनि नसकेपछि चालकले हिम्लुङ्ग खोलामा आकस्मिक अवतरण गराएका हुन् ।
विमानका चालक साङ्गे लामा र सहचालक प्रशान्त शाह विमानबाट हाम फालेर बाँच्न सफल भएका छन् । जहाज खोलामा बजारिएको छ ।

आकस्मिक अवतरण गर्ने क्रममा चालक र सहचालक विमान अवतरण गर्नु अघि नै वालुवामा हाम फालेर ज्यान जोगाएको मध्यपश्चिमका प्रहरी प्रमुख डिआइजी माधव नेपालले बताउनु भयो । हाम फाल्दा एक जनाको घुँडामा सामान्य चोट लागेपनि अर्कोलाई भने केही नभएको उहाँले जानकारी दिनुभयो । चालक लामा र सहचालक शाहलाई उपचारको लागि सिम्रिक एयरबाट नेपालगंज ल्याउन लागिएको पनि उहाँले बताउनु भएको छ ।
कार्गो छाडेर फर्किने क्रममा सिमिकोट विमनस्थलबाट उडेको १५ मिनेटमै मकालुृ एयरको ९ एन एकेसी विमानको इन्जिनमा प्राविधिक समस्या आएको थियो । सिंगल इन्जिन भएको विमानमा प्राविधिक समस्या देखिने वित्तिकै विमानलाई आकस्मिक अवतरण गरिएको सुर्खेत विमानस्थलले जनाएको छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.