हेलिकोप्टर धुजाधुजा भएको थियो भने धेरै भाग जलेको थियो । घटनास्थलमा मृतकको शव जलेको छ र पहिचान गर्न नसकिने अवस्थामा छ पुरा समाचार पढ्न क्लिक गर्नुहोस
SHARE THIS POST :

२४ साउन, नुवाकोट । गोरखाबाट पाँच दिनको सुत्केरीलाई लिएर उडेको फिस्टेल एयरको हेलिकोप्टर सोमबार नुवाकोटमा दुर्घटना भयो । र, त्यसमा सवार पाँच दिने शिशुसहित सात जनाको मृत्यु भएको छ ।

२२ वर्षीया प्रिति तामाङ, उनको पाँच दिनको शिशु, सासु र ससुराका साथै आफन्त लक्ष्मी र हेल्थपोस्टमा काम गर्ने निशा तामाङको मृत्यु भएको छ । पाइलट रन्जन लिम्बुको पनि निधन भएको छ ।

Fishtail Air Crash 2

अस्वभाभिक ढंगले आएको हेलिकोप्टर हेर्दा हेर्दै भीरमा ठोक्किएको स्थानीयबासीहरुले बताएका छन् ।

दुर्घटनास्थलको तस्वीर निकै भयावह थियो । हेलिकोप्टर धुजाधुजा भएको थियो भने धेरै भाग जलेको थियो । घटनास्थलमा मृतकको शव जलेको छ र पहिचान गर्न नसकिने अवस्थामा छ ।

शवका टुक्राहरु संकलन गरी परीक्षणका लागि काठमाडौं ल्याइएको छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.