‘गुगलब्वाई’को भविश्यबाणी मिलेन पुरा समाचार पढ्न क्लिक गर्नुहोस
SHARE THIS POST :

टिओके संवाददाता । १० साउन २०७३ काठमाण्डौं ।
आगामी प्रधानमन्त्री ओली भनेर उनले कोइराला सरकारकै पालामा भनेको चाहिं मिलेको थियो ।

केपी शर्मा ओली पुर्णकार्यकाल प्रधानमन्त्री हुनेछन् भनेर भविश्यबाणी गर्ने ‘गुगलब्वाई’ भनिने आदित्य दाहालको भविश्यबाणी फेल खाने निश्चित भएको छ । ९ साउनमा ओलीले राजीनामा गरेपछि उनको भबिश्यबाणी नमिल्ने भएको हो ।



कांग्रेस–माओवादी केन्द्रले ओली सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता गरिसकेपछि सरकारले आदित्य दाहाल प्रतिष्ठानलाई १ करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको थियो । त्यसवेला एकथरीको आरोप थियो, ‘आदित्यले ओली सरकार निरन्तर रहन्छ भनेकोले सहयोग गरिएको हो ।’ तर सहयोग विवाद बढ्न थालेपछि आदित्यले उक्त रकम नलिने घोषणा गरेका थिए । स्मरण रहोस् कोइराला सरकार छँदै आदित्यले आगामी प्रधानमन्त्री केपी ओली भनेर घोषणा गरेको समाचार प्रकासमा आएको थियो ।source www.timesofkathmandu.com

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.