चितामा राखिएको मानिसको शवले मसानघाट पुगेका मलामी समातेपछी ,मलामीको भागाभागा....
SHARE THIS POST :

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातमा एक अनौठो घटना सार्वजनिक भएको छ ।
गुजरातको जेतपुरमा चितामा राखिएको शवले मलामी गएका एक मानिसको हातको औला समातेको घटना सार्वजनिक भएको हो ।



यो घटनाले मसानघाटमा हलचल मच्चिएको छ । आधा जति मलामी भागेका थिए ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार जेतपुरमा बस्दै आएका २५ वर्षीय पुरुष देवेन्द्र पंड्या मुटुरोगी थिए । धेरै ठाउँमा उपचार गराउने क्रममा बुधवार विहान उनको मृत्यु भयो । डाक्टरले उनलाई मृत घोषित गरे ।
death-bodyत्यसपछि अस्पतालबाट उनको शवलाई अन्तिम संस्कारका लागि अपराह्न जेतपुर मसान घाट लगियो । जहां चितामाथि राखिएको देवेन्दको शवले नजिकै रहेका आफ्ना साथीको हातको औला समाते । यो दृश्यलाई देखेर त्यहाँ उभिएका मलामीको होसै उड्यो । त्यसपछि मलामीहरुले तत्कालै मसान घाटमा डाक्टरलाई बोलाए । डाक्टर आएको १० मिनेटपछि देवेन्द्रको मुटुको चाल आफै बन्द भयो । त्यसपछि उनलाई मृत घोषित गरियो ।
डाक्टरका अनुसार मसान घाटसम्म पुग्दा देवेन्द्र जिउँदै थिए । ती डाक्टरले उनलाई १० मिनेटको चेकजांचमा मुटुको धड्कन विस्तारै चलिरहेको पाएका थिए । डाक्टरले मृत घोषित गरेपछि शवको अन्तिम संस्कार गरियो । यो घटना अहिले चर्चाको विषय बनेको छ ।source:onlinekhabar

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.