फेरी सुरु भयो सत्ताको अर्को खेल प्रचण्डलाई पन्छाएर पौडेल प्रधानमन्त्री बनाउन भारतिय राजदुत सक्रिय......हेर्नुहोस
SHARE THIS POST :

काठमाडौं  । प्रधानमन्त्री केपी ओलीले सत्ता छाड्नै परे पनि त्यती सहज हिसाबले नछाड्ने भएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भत्काउन उनले नयाँ रणनीति तय गरेको समाचार प्राप्त भएको छ । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीका लागि अघि सारेर गठबन्धन भत्काउने र सम्भव भए एमाले पनि सरकारमा जाने गरि प्रस्ताव अगाडि बढाएका हुन् ।



शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा केही नेताहरुसँग छलफल गरेर उनले पौडेल प्रधानमन्त्री भए राजीनामा दिने र उनलाई सहयोग गर्न सकिने बताएका छन् । जुनसुकै हालतमा पनि प्रचण्डलाई प्रधानमन्त्री नबनाउने रणनीति ओलीको छ ।

तर, अहिलेको अवस्थामा राजीनामा नदिने र सरकार गठन प्रक्रियालाई अवरुद्ध गर्नुपर्ने उनको राय छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले रामचन्द्र पौडेल प्रधानमन्त्रीका लागि अघि सरे प्रधानमनत्रीले तत्काल राजीनामा दिने बताएका छन् । तीन दलको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले राखेको सहमतिको प्रस्तावले नयाँ हलचल मच्चाएको छ ।

संसद्मा अहिले अड्किएको गाँठो फुकाउन मात्रै उनले प्रस्ताव राखेका हुन् वा सहमतिसँगै नयाँ सरकारबारे पनि चिन्ता ओलीमा पौडेलले देखेकाछन् आंकलन गर्न अफ्ठ्यारो अवस्था रहेको बिश्लेषकहरु बताउछन् ।

पौडेलको भनाईले अहिले कांग्रेसभित्र पनि विवाद सुरु भएको छ । बजेटको आश्रित विधेयक पहिले कि अविश्वास प्रस्ताव पहिले भन्ने विवाद टुंग्याउन उनले प्रस्ताव गरेपनि त्यसलाई दुई अर्थमा हेरिएको छ । पौडेलको प्रस्ताव बजेटको आश्रित विधेयक पारित गर्ने, अविश्वास प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्री ओलीले राजीनामा दिने मात्र होइन, नयाँ सरकारको निर्वाचन प्रक्रिया पनि एकसाथ अगाडि बढाउनेसम्मको छ ।

यो खेलमा भारतिय राजदुत रन्जित रे समेत सक्रिय भएर लागेको समाचार स्रोतले न्युज अभियानलाई बताएको छ ।  भारतिय राजदुत रन्जित रे पछिल्ला केहि दिन नेपालको राजनीतिमा पहिले भन्दा बढि सक्रिय भएर लागेको स्रोतको दाबी छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.