सूर्यबाट एक्कासी ज्वाला निस्कियो, के भन्छन् नासाका बैज्ञानिक : हेर्नुहोस भिडियो सहित
SHARE THIS POST :

सूर्यले गएको हप्ता तीन वटा मध्यम स्तरका सौर्य ज्वाला उत्सर्जित गर्‍यो। आफ्नो ११ वर्षे सक्रिय चक्र पूरा गर्ने अवस्थामा पुगेको सूर्यले गएको जुलाई २२ र २३ अर्थात साउन ७ र ८ मा तीनवटा मध्यमस्तरका ज्वाला उत्सर्जित गरेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ। यी सन् २०१६ को अप्रिलपछिका सबै भन्दा ठूला सौर्य ज्वाला हुन्। सूर्यको गतिविधि एक्कासी सक्रिय भएकाले यस्तो ज्वाला फैलिएको नासाको भनाई छ।
सूर्यको गतिविधि नियाली रहेको नासाको सोलार डाइनामिक्स अब्जरभेटरी एडिओले ज्वाला उत्सर्जित हुँदाको तस्बिर खिचेको छ। यसबाट डराउने पर्ने अवस्था नरहेको नासाका वैज्ञानिकले बताएका छन्। यो सूर्यमा भइरहने प्रक्रिया हो। सामाजिक सञ्जालमा सौर्य ज्वालाका कारण पृथ्वीमा लामो समय अन्धकार हुनेसहितका हल्ला फैलिए पनि त्यसमा कुनै सत्यता नरहेको नासाले स्पष्ट पारेको छ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.