आँसुमा डुबेका विमलले दिए सबैलाई रुवाउने अभिव्यक्ति .....
SHARE THIS POST :

काठमाडौं, २८ जेठ ।

नेपाली राष्ट्रिय फुटबल टिमका स्टार स्ट्राइकर बिमल घर्ती मगर आफ्नो बहिनीको मृत्युको पीडाले भावव्हिवल छन् । झण्डै एक सातादेखि आँसुमा डुबेका विमलले सबैलाई रुवाउने स्टाटस फेसबुकमा लेखेका छन् । आफ्नो बहिनीको हत्यारालाई कारबाही हुनुपर्छ भन्ने आशयको उनको स्टाटसमा आफूलाई साथ दिन सबैसामु अपील गरिएको छ । यस्तो छ स्टाटस: सानोछँदा बाबु गुमाएँ । बाबुपनि देशका लागि लड्नुहुन्थ्यो । विस्तारै त्यो पीडा भुल्दै जाँदा १० वर्ष भएको थियो अर्को पीडा थपियो मेरो परिवारमा । बाबुले पनि देशका लागि कति गर्नुभयो अनि मैले पनि देशका लागि कति गरेँ तर मेरो घरमा यस्तो हुँदा सरकारले केही गरेन भने यो देशका लागि गरेर के काम ? देशका लागि लड्ने मान्छेलाईसमेत सुरक्षा छैन भने अरु आम नेपाली जनता कसरी बस्नु ? मेरो बहिनीको हत्या गर्ने मान्छेलाई कारबाही भएन भने यो देशका लागि के गर्नु ? आज म रोइरहेको छु । भोलि अरु कोही रोहिरहेको होला । मलाई सबैको साथ चाहिएको छ । आजसम्म देशका लागि लडेँ, अब बहिनीका लागि लड्छु ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.