छोरा आभासको ‘बर्थ डे’मा रेखाको सरप्राइज गिफ्ट...जिन्दगि भर भुल्ने नसक्ने यस्तो थियो गिफ्ट
SHARE THIS POST :

नायिका रेखा थापाका दिदीका छोरा हुन् आभाष अधिकारी । जसले चलचित्र ‘रामप्यारी’बाट यो क्षेत्रमा नायकको रुपमा डेब्यू पनि गरिसकेका छन् । उनै आभाषको २४ औं जन्मदिनमा ‘मामु’ रेखाले सरप्राइज गिफ्ट दिएकी छिन् ।

केक काट्ने तयारी गर्दै गर्दा रेखाले आभाषलाई कसलाई बढी मिस गरिरहेका छौ भनेर सोधेकी थिइन् । आभाषले आफ्नी मामुलाई धेरै मिस गरेको बताए । रेखाकी जेठी दिदी पार्वती थापा इजरायलमा थिइन् । आभाष र उनकी आमा पार्वतीको ५ बर्षदेखि भेट भएको थिएन ।रेखाले मामुसँग कुरा गर्छौ त भन्दै आभाषको आँखा छोपिदिइन् । आभाषले आँखा खोल्दा उनकी आमा गिफ्ट लिएर अगाडि आइपुगिन् । आफ्नी मामुलाई आँखा अगाडि देखेपछि आभाषका आँखाबाट आशु झरे । आभाषले जन्मदिनको केक काट्दै रेखालाई धन्यवाद दिएका थिए ।रेखाले छोराको जन्मदिनमा निर्माता छविराज ओझा, नायक सविन श्रेष्ठ, निर्माता सुरेश अधिकारी, पूर्व मिस नेपाल उषा खड्गी, नायिका पूजा शर्मा लगायतलाई बोलाएकी थिइन् ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.