विमल घर्ती मगरको खुल्ला पत्रः खुट्टा लर्बराएको भए सन्यास लेउ, अब फुटबल नखेले हुन्छ....हेर्नुहोस उनको सन्देश
SHARE THIS POST :

के अार पोखरेल, हाल दुवई

विमल घर्तीमगर, हामी नेपालीहरुको मायाँले जन्माएका फुटबलर हुन् । सायद, नेपालीले सबैभन्दा धेरै मायाँ गरेका फुटबलर तिमी नै हौ । उनलाई नेपाली फुटबलले  बिर्सनै नसकिने कारण छ, त्यो हो सन् २०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको बराबरी गोल ।


उनले यो बाहेक अन्य धेरै खेलहरु खेलाका छन् र निर्णयक भुमिका पनि निभाएका छन् । उनीप्रति हामी सबैको आस्था, विश्वास र भरोसा पनि छ ।

अहिले उनी शोकको अवस्थामा छन् । उनको परिवारमा परेको पीडामा हामी पनि दुःखी भएका छौं । उनको मृत बहिनीको आत्माले शान्ति पाओस् र विमलको शोकाकुल परिवारमा इश्वरले ध्रैर्य धारण गर्ने शक्ति प्रदान गरुन् । आम नेपाली फुटबलका प्रशंसकहरु यतीबेला शोकाकुल छन् ।

तर, पछिल्लो समयमा विमल घर्तीले सामाजिक सञ्जालहरुमा र विभिन्न मिडियाहरुमा दिएका अभिव्यक्तिका कारण उनीप्रति दुःख पनि लागेको छ ।

विमलले पछिल्लो समय ‘देशले मेरो बहिनीको हत्यारालाई उन्मुक्ति दिँदै छ, प्रहरीको रिपोर्ट गलत छ, मेरो परिवारलाई न्याय दिदैन भने म किन देशका लागि खेल्ने’, लगायतका अभिव्यक्तिहरु दिइरहेका छन् ।

त्यो हामीले पढिरहेका छौं । विमलका यी अभिव्यक्ति पीडाको क्षणमा बोलिएका अभिव्यक्तिहरु हुन्, त्यो पनि थाहा छ ।

तर, उनले भनेजस्तै उनी देशका लागि अब किन खेल्ने ? उनले यतीबेला आफ्नो हैसियत विर्सिएका छन् । उनी त देशका आशालाग्दा सक्षम र योग्य फुटबलर हुन् ।

जस्को जे क्षमता छ, उस्ले त्यही चिज दिने न हो । विमलले जे बोल्न हुदैन थियो, ते बोल्दा उनका प्रशंसकहरु दुखि बनेका छन् ।

विमलले म देशका लागि अब किन खेल्ने ? भन्नुले सबैभन्दा दुखि बनाएको छ । विमललाई मेरो एउटा प्रश्न छ कि विमल तिमिले किन त्यो आशिष चौधरीलाई आफ्नी बहिनी मनिषाको बेडरुमसम्म छिर्ने मौका दियौं ? तिमिलाई पहिल्यै थाहा रहेछ त उनीहरु बीचको यस्तो सम्बन्धका बारेमा ।

अनि किन तिम्री बहिनी र चौधरीले सँगै बसेर हातमा ब्लेडले चिर्दा बहिनीलाई सम्झाएनौं ? घरमा आउँदा पाखुरामा घाउ बनाएर आएकी बहिनीलाई किन कहिल्यै सम्झाएनौ ? अनि क्षणीक आवेगमा आएर यस्तो उमेरमा जे पनि गर्न सक्ने अवस्था देख्दा देख्दै किन बहिनीलाई सधैं आशिषकै छायाँमा छाड्यौ ? पहिला आफुले बहिनीलाई सम्भाउनु  पर्ने थियो, त्यो गल्ती तिमी र तिम्रो परिवारबाट भएको छ ।

अब यो, हत्या वा आत्महत्या जे भए पनि अनुसन्धान जारी रहेको छ र प्रहरीले दोषीलाई उन्मुक्ती दिने छैन । तर, तिमि किन अनुसन्धानलाई अविश्वास गर्दै अभिव्यक्ति दिन्छौ ? प्रहरीले यती धेरै मेहनत गरिरहेको छ कि, दोषीले चाहेर पनि उन्मुक्ती पाउने अवस्था छैन । तर, तिमी किन एकोहोरो भैरहेका छौं ?

हामी आम नेपालीहरु, जो तिमीलाई मन पराउँछौं र तिम्रो परिवारले न्याय पाउनुपर्छ भनिरहेका छौं ।

हत्यारालाइ जसरी पनि कारबाही गिरनुपर्छ, सबैको जोडदार माग छ । यसका हामी साढे तीन करोड नेपाली तिम्रै पक्षमा छौं । यतीबेला तिमी संयमीत बन्न सक । हामी साथमा छौं । तर, देशका लागि किन खेल्नु भन्ने प्रश्न नगर, बिमल, प्लिज, देशका लागि तिमीले खेल्नै पर्छ ।  हामीले जन्माएको र हाम्रौ मायाँ र सद्धभावले यहाँसम्म आइपुगेका विमललाई अब हामीले कुनै बेलाको खेलाडी थियो भन्ने दिन नआओस् ।

तिमिले बोलेका सबै कुरा सहि, एक मात्र गलत, देशका लागि किन खेलौं भन्ने प्रश्न फिर्ता लेउ , भावनामा मात्रै बहनु राम्रो होइन, हामी यथार्थ धरातलमा उभिन सक्नुपर्छ । हामीलाई तिम्रो मायाँ छ रत, विमलले खेल्ने हरेक खेलहरु चासोका साथ हेर्नेगरेका छौं ।  ।

विमन, तिमी स्थापित हुन देश चाहिन्छ, देशवासीको मायाँ चाहिन्छ, अनि हामीलाई तिमी चाहिन्छ । तर, तिमी पिडामा छौं, तर पनि खेल्न सक्दिन चाँही नभन  ।

यो गल्ती तिमीबाट हुने छैन । विश्वका धेरै फुटबलरहरु लाई सम्झ, उनीहरुलाई पनि तिमीलाई जस्तै पीडा परेका छन् । तर, समयले एक दिन तिमीलाई न्याय दिनेछ र अपराधीलाई कस्तडीमा लानेछ । नेपाल प्रहरीले यसका लागि अथक मेहनतका साथ अनुसन्धान गरिरहेको छ ।

सयौं यस्ता घटना भएका छन् । त्यसकारण गोल गर्ने बेलामा खुट्टा लर्बराउने कुरा नगर । हामी तिम्रो साथमा छौं, तिमीले हामीलाई धोका दिन मिल्दैन । तिमीले अझै केही गर्नुछ, देशका लागि, नेपालीका लागि, अनि सुन्दर नेपाली फुटबलको भविष्यका लागि । बिमल, अब तिमी उठ्नुछ, यो पीडाबाट धेरै माथि ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.