मिराले यो शर्तमा गरेकी थिइन् शाहिदसँग विवाह
SHARE THIS POST :

५ जेठ, एजेन्सी ।

बलिउड अभिनेता शाहिद कपुरले आफ्नी पत्नि मिराले आफूसँग विवाह गर्नका लागि एक शर्त राखेको खुलासा गरेका छन् । एक वर्ष अघि विवाह गरेका शाहिदले एक अन्तर्वार्ताका क्रममा आफ्नी पत्निको शर्त पुराबारे खुलासा गरेका हुन् ।


शाहिद कपुरले सार्वजनिक गरे पत्निका स्टिमी तस्विर (भिडियो सहित)

उड्दा पञ्जावको सुटिङकाबीच विवाह गरेका शाहिदसँग मिराले हेयर स्टाइल पुरानै राख्ने भए विवाह गर्छु भनेको खुलासा उनले गरेका छन् ।

शाहिदले उड्दा पञ्जावका लागि कपाल बढाएका थिए । र कपाल रातो पारेका थिए । तर अन्तर्वार्ताका क्रममा शाहिदले आफ्नी पत्निले आफूलाई पुरानै हेयर स्टाइल कायम राख्न र कलर नगर्न चेतावनी दिएको खुलासा गरेका छन् ।

विवाहमा पत्निको शर्त अनुसार नै हेयर स्टाइलमा दुलाहा बनेर गएको समेत उनले उक्त अन्तर्वार्तामा खुलासा गरेका छन् । उड्दा पञ्जावको लुकमा केटी हेर्न पुगेका शाहिदलाई ससुरा समेत झस्किएको समेत उनले खुलासा गरेका छन् ।

शाहिदसँग नाम जोडिएका ८ चर्चित अभिनेत्रीः जो विवाहमा आएनन् (फोटो फिचर)

विवाह गर्ने समयमा शाहिद ३४ वर्षका थिए भने मीरा केवल २१ वर्षकी थिइन् । उनीहरुबीचमा १३ वर्षको अन्तर छ । हेयर स्टाइल पुरानै बनाउने शर्तमा मिराले आफू भन्दा १३ वर्ष जेठा शाहिदसँग विवाह गर्न राजी भएको खुलासा उनले गरेका हुन् ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.