कप्तान पारस खड्काले बिमलको बहिनीको मृत्युको बारे यस्तो लेखे आफ्नो फेसबुकमा !!
SHARE THIS POST :

 नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीको मृत्यु प्रकरणबारे आफ्नो धारणा राखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले घटनाप्रति दुःख व्यक्त गर्दै आफू यो खबरले स्तब्ध भएको उल्लेख गरेका छन् । उनले यस दुःखद घडीमा विमल एक्लो नभएको बताउँदै आफू लगायत सम्पूर्ण खेल जगत उनको पक्षमा रहेको र साथ नछाड्ने उल्लेख गरेका छन् । क्रिकेट कप्तान पारसले लेखेका छन्- ‘विमल घर्ती मगरको बहिनीको निधनको खबर सुन्दा निकै दुःख लागेको छ । आशा छ विमल तिमी बलियो हुनेछौँ र यस घटनाबाट बाहिर आउन सक्नेछौँ । सम्पुर्ण खेल समुदाय तिम्रो साथमा छ ।’ बिमलकी बहिनी मनिषा बुधबार राति आफ्नै घरमा मृत फेला परेकी थिइन् । उनको शवलाई काठमाडौं ल्याएर पोस्टमार्टम गरिदैछ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.