विहे गरेकी श्रीमती ‘भर्जिन’ नभएपछि… ( चकित पार्ने भर्जिन टेस्ट )
SHARE THIS POST :

एजेन्सी । महाराष्ट्रको नासिकमा विहे गरेको दुई दिनमै एक पुरुषले श्रीमतीसँग छोडपत्र गरेका छन् ।

विहे गरेकी श्रीमती ‘भर्जिन’ कुमारी नभएको भन्दै पञ्चायतबाटै ती पुरुषले छोडपत्र गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पञ्चायतसामु श्रीमतीले विहे अघि नै कुमारीत्व गुमाएको आरोप पुष्टि ती युवकले गरेका थिए ।

यसैआधारमा नासिकको यो गाउँमा जात पञ्चायतले नवविवाहित युवती भर्जिन नरहेको निष्कर्ष निकाल्दै छोडपत्र गर्न पाउने आदेश दिएको थियो ।

नवविवाहित युवती कुमारी हुन वा होइनन् यसको फैसला गर्न पञ्चायतले दुबैलाई विस्तरामा यौनसम्पर्क गर्न लगाएका थिए । यौनसम्पर्कपछि विस्तराको तन्नामा कुनै दाग मिलेन भने युवतीलाई भर्जिन मानिने छैन् भनिएको थियो । ठिक त्यसै भयो ।

यो घटनामा युवती पक्षले भने उनी पुलिस भर्तीको तयारीमा रहेको र त्यसका लागि कडा शारीरिक अभ्यास गरिरहेकी थिइन् । जसका कारण यस्तो भएको बताएको छ ।

पञ्चायतको यो फैसलाविरुद्ध पीडित युवती र उनकी आमा प्रहरीमा जान खोजेका थिए तर, उनका बुवाले रोकेका छन् । यति मात्रै होइन् आमा छोरीलाई करिब एक हप्तासम्म घरमा नजरबन्दमा पनि राखेका थिए । अन्तमा आमाछोरी मिडियाको सम्पर्कमा आएपछि यो घटना बाहिर आयो ।

(भारतीय सञ्चारमाध्यमको सहयोगमा)

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.