मनिषाको मृत्युको रहस्यमय कारणहरु एस्तो देखिन्छ......
SHARE THIS POST :

राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको सत्र वर्षीया बहिनी मनिषाको मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको छ । मत्युमा संलग्न रहेको आशंकामा पक्राउ परेका मनिषाका प्रेमी भनिएका रुद्रनारायण चौधरी आशिषको पोलिग्राफ परीक्षण रिपोर्ट र मनिषाको शवको परीक्षण रिपोर्टको आधारमा मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपरासीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले आशिषको पोलिग्राफ परीक्षण रिपोर्ट सार्वजनिक गरेको हो । पोलिग्राफ परीक्षण रिपोर्ट अनुसार आशिषले मनिषाको हत्या नगरेको देखिएको परीक्षणमा संलग्न क्षेत्रीय प्रहरी कार्यालयका पोखराका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताउनुभयो ।


मंगलबार ५ घन्टा लगाएर मनिषाको शंकास्पद मृत्युको सत्यतथ्य पत्ता लगाउन रुद्रनारायण उर्फ आशिष चौधरीलाई गरिएको पोलिग्राफ परीक्षणमा सो रिपोर्ट देखिएको हो । आशिषसंग पोलिग्राफ परिक्षणमा ५ घन्टा लगाएर ११ वटा प्रश्नहरु सोधिएको थियो । तर आशिषले दिएको जवाफबाट मनिषा घर्तिमगरको हत्या आशिषले गरेको होईन भन्ने पोलिग्राफ रिपोर्टबाट सावित भएको छ । पोलिग्राफ परीक्षणको समय व्यक्तिले झुठो बोल्न सक्दैनन् । झुठो बोल्न खोज्यो भने उसको शरीरमा हुने तरंगले ऊ अनियन्त्रित भई पोलिग्राफ मेशीनले तुरुन्त पत्ता लगाइदिन्छ । पोलिग्राफ परीक्षणका बेला आशीषको शरीरमा ६ प्रकारको सेन्सरहरु प्रयोग गरिएको पोलिग्राफ विज्ञ प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो । २०७० सालदेखि नेपालमा प्रयोगमा आएको नयाँ प्रविधि पोलिग्राफ परीक्षण ठुलाठुला चोरी, मानव बेचबिखन, ज्यानमार, जबरजस्तीकरणी र रहस्मय मृत्युका घटनाहरुको अनुसन्धानका लागि प्रयोग गरिदै आएको छ । काठमाण्डौ पठाइएको मनिषाको शवको पोष्टमार्टम रिपोर्टले पनि उनको झुण्डिएर मृत्यु भएको देखाएको छ । मनिषाले आफै झुण्डिएको वा अरु कसैले झण्डाएको भन्नेबारे चाहिं रिपोर्टबाट पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्ट दुविधायुक्त भएकोले आशिषले मनिषाको हत्या नै गरेको भन्ने सावित हुन नसकेको नवलपरासी प्रहरीले जनाएको छ । घट्नाको थप अनुसन्धानका लागि रगत नमूनाको रिपोर्ट र भिसेराको रिपोट भने अझै आउन बाँकी रहेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो । घटनाको पोष्टमार्टम रिपोर्ट र पोलिग्राफ रिपोर्टले हत्या तथा आत्महत्याको पुष्टि हुन नसकेकोले प्रहरीले अझै थप अनुसन्धान गर्ने बताएको छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.